विशेष

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । चैत ३० गते प्रकाशित दर्जनौँ राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले आफ्नो पहिलो पृष्ठमा स�. . .


प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख, आम्दानी स्रोत सामाजिक सञ्जाल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनु�. . .


बैसाख १५ सम्म शैक्षिक गतिविधी नगर्न सरकारको परिपत्र ,पोखरिया स्कुलले अटेर गर्दै प्रवेश परीक्षा लियो

प्रेम देवान विराटनगर । सरकारले नयाँ शैक्षिक सत्रअन्तर्गत बैसाख १५ गतेसम्म कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न परिपत्र जारी गरेपछि देशभरका विद्यालयहरू प्रभावित भएका छन् । विगतका बर्षमा यतिबेला यहाँका निजी तथा सामुदायिक विद्यालयहरुमा भर्ना धमाधम भईरहेको हुन्थ्यो । तर, निजी विद्यालयले भित्रभित�. . .


विराटनगरमा सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टिभ स्टिकर अभियान सुरु

विराटनगर । विराटनगरको मुख्य सडक कोशी राजमार्ग अन्तर्गत धरान जाने बाटोमा पटक–पटक सवारी दुर्घटना हुने समस्या बढ्दै गएको छ। विशेषगरी रातिको समयमा स्पष्ट नदेखिने सडक डिभाइडरका कारण दुर्घटना बढेपछि यसलाई लक्षित गर्दै विराटनगरमा जनचेतनामूलक अभियान सुरु गरिएको छ। बरगाछीदेखि कञ्चनवारीसम्मको व्यस्त सड. . .


शिक्षादिप कलेजको चौंथो संस्करणको जलवायु परिवर्तन सम्मेलनमा ‘थोरियम’ समूह विजयी

विराटनगर । जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर र त्यसको न्यूनीकरणका उपायबारे विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुले खोजमूलक मन्थन गरेका छन् । कलेजले आईतबार बिहान सिटी प्यालेसको सभाहलमा आयोजना गरेको ‘चौथो जलवायु परिर्वनबारे सम्मेलन’ मा विद्यार्थीहरूले अनुसन्धानमा आधारित. . .


रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अध�. . .


स्टार्टअप र साना उद्यमीका लागि विराटनगरमा तीन महिने इन्क्युबेसन कार्यक्रम

स्वस्तिका भट्टराई विराटनगर । स्टार्टअप र साना तथा मझौला उद्यमीहरूका लागि ३ महिने ‘व्यवसाय इन्क्युबेसन कार्यक्रम’ सञ्चालन हुने भएको छ । कोशी प्रदेशका स्टार्टअप र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा यस्तो कार्यक्रम संचालन हुने भएको हो । उद्योग सङ्गठन मोरङ अन्तर्गतक. . .


विराट गोल्डकपको उद्धघाटनमा खेलमा झापा सेमिफाइनलमा प्रवेश, आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा समिफाईनलमा पुगेको हो । झापा�. . .


जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति विराटनगरमा सात महिनापछि पक्राउ

विराटनगर । लागुऔषध मुद्दामा सातवर्ष कैद तथा पाँचलाख ५० हजार जरिवाना सजाय कायम भई कारागारमा रहेका विराटनगर–१५ का ५२ वर्षीय अरुण थापालाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले थापालाई विराटनगर ३ फुटबल चौकबाट शनिबार पक्राउ गरेको हो । लागुऔषध ु. . .


भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ । मुम्बईस्थित ब्रीच क्यान्ड�. . .


विराटनगरमा युवाहरूको पहल: १८ स्थानमा सिसिटिभि क्यामरा जडान

विराटनगर । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले विराटनगरका युवाहरूले १६ वटा चोकमा सिसिटिभि क्यामरा जडान गरेका छन्। विराटनगर–११ र १२ का विभिन्न स्थानमा क्यामरा जडान गरिएको हो। पञ्चमुखी युवा समाजको पहलमा सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। जडान �. . .


अर्थमन्त्रालयमा याे साता के-के काम भयाे ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो एक सातामा सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र प्रशासनिक अड्चन हटाउने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । यस साताको मुख्य उपलब्धिको रूपमा उनले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ‘ई–पेन्सन (इलेक्ट्रोनिक पेन्सन) प्रमाणी�. . .