शिक्षा

एसईईको ग्रेडबृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीका लागि यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । विद्यार्थी बढीमा दुई विषयमा मात्रै प�. . .


कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्त�. . .


एसइईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । शैक्षिक सत्र–२०७८ को एसइई�. . .


निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सुरू

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शिक्षकहरूलाई दुई दिने नयाँ पाठ्यक्रम सम्बन्धी तालिम सुरू भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम (कक्षा ४, ७, र ९ ) प्रबोधीकरण सम्बन्धी दुई दिने तालिम सुरू भएको हो । तालिममा नेपाली, गणित, अंग्र�. . .


विराटनगरका कुनै विद्यालयले ल्याएनन् ‘फोर जीपीए’, मोरङमै एकजना मात्रै

विराटनगर । गतवर्ष एसईईमा मोरङबाट २८६ जनाले फोर जीपीए (४ जीपीए) ल्याएर उत्तिर्ण गरेका थिए । तर, शैक्षिकवर्ष २०७८ को नतिजा गत बुधबार सार्वजानिक हुँदा जिल्लाभरमा एकजनाले मात्रै फोर जीपीएमा उत्तिर्ण गरेका छन् । मोरङको उर्लाबारीस्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत आनन्द कार्की बाहेक जिल्ला�. . .


विश्वस्तरीय शिक्षण सिकाईका लागि एभरेष्ट पहिलो रोजाई

विराटनगर । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेज पनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत�. . .


एसईईकाे नतिजा सार्वजनिक हुँदै: यी हुन रिजल्ट हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक हुँदैछ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । बुधबार दिउँसो तीन बजे सार्वजनिक हुन्छ भनिए पनि नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको छ �. . .


अभिभावकको स्वयं ‘इगो’ले हिजोआज युवाहरु विदेश जान बाध्य

विराटनगर । पेशागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु । एकदिन शुक्रबार, आज चाँहि हाम्रा विद्यार्थीहरुले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन । भविष्यको सपना कसरी बुनेका रहेछन भनेर प्रत्येक जनालाई पालै पालो उठाएर सोधे, एक जनाको उत्तर गम्भीर र नौलो लागेर म अडिए‌ । उत्तर थियो, सर मलाइ नेपाल मै के�. . .


एसइईको रिजल्ट बुधबार : यी हुन रिजल्ट हेर्ने तरिका

विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .


एसईई नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं ।  २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । विगतका �. . .


एसईईको नतिजा यही साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक त�. . .


सर्लाहीमा पाठ्यपुस्तक विना सामुदायिक विद्यालयमा परीक्षा

सर्लाही । सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्द. . .