Admin_OB

कोशी ब्यारेजका खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश: बन्द गर्न थालियो

अमर काफ्ले इनरुवा । ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सिर्जना भएपछि गएराति खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउनासाथ फेरि बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराति १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । बहाव बढ�. . .


अपडेट : बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३, बेपत्ता २४

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .


सप्तकोशीमा माटो सफा गर्न ५६ ढोका खोलियो , पानीको बहाव बढ्दै

विराटनगर असार २९ , निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ । सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी . . .


अपडेट : सप्तकोशी नदीको ४० ढोका खोलियो , पानीको बहाव अझै बढ्दै

हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .


काठमाडौँबाट सिरहास्थित घर जाँदै गरेका एकजना पहिरोमा परी घाइते

काठमाडौं असार २८ , काठमाडौँबाट सिरहास्थित घर जाँदै सिरहा गोलवजार नगरपालिका–३ का इन्द्र साह पहिरोमा पुरिएका गम्भीर घाइते भएका छन् । काभ्रेको  नेपालथोकमा गएको पहिरोमा पुरिएर उनी गम्भीर घाइते भएका हुन् । उनी सबार गाडी पहिरोमा पुरिँदा उनको खुट्टा भाँचिएको छ भने छातीमा चोट लागेको नेपाल कम्युनिस्ट पार्ट. . .


पहिरोका कारण अबरुद्ध मेची राजमार्ग अन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा

हिलिहाङ, असार २८ गते ।पहिरोका कारण अबरुद्ध  मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेक�. . .


झापाका विभिन्न स्थान जलमग्न , सयौँ घर डुबानमा

झापा असार २८। तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीम. . .


पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा१६ वर्षिया कौशिलाको मृत्यु

दाङ । रुकुम पश्चिमको आठविसकोटमा ढुङगाले चोट लाग्दा किशोरीको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर ५ जलीगाडबाट रिम्का जाँदै गर्दा पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा रिम्काकी १६ वर्षिया कौशिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । कौशिलाको घटना स्थलमै मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती म�. . .


झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु

झापा, असार २८ । झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो । उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीम�. . .


भारतको विहार डुबान परेपछि कोशीको ढोका बन्द गर्न भारतको दबाब,३६ ढोका खोलियो

विराटनगर असार २८ , लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका �. . .


भारतमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु

लखनाउ, असार २८ गते ।  भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्कि. . .


सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित

सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहे�. . .