Admin_OB

लगातारको वर्षाले चैनपुरका केही घर पहिरोको उच्च जोखिममा

संखुवासभा, २९ असार । लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका-४ मा रहेकाे पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुकाे घर�. . .


अष्ट्रेलियामा शक्तिशाली भूकम्प , झण्डै एक मिनेटसम्म घरहरु हल्लिए

सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।   भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अह�. . .


आजबाट मनसुन कमजोर बन्दै, विराटनगरमा १२ मिलिमिटर वर्षा मापन

काठमाडौं  असार २९ , शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्�. . .


उदयपुरमा पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

गाईघाट, असार २९ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ । शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेक�. . .


प्रदेश नं. १ सरकारको घोषणा: बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई १ लाख रुपैयाँ

विराटनगर असार २९ । प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रव�. . .


अपडेट : अविरल वर्षाको कारण बाढी, पहिरो र डुबानमा परी ५० जनाको मृत्यु

नारद गौतम  काठमाडौं, असार २९ गते । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच÷पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन÷. . .


अपडेट : बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाको मृत्यु , प्रदेश १ मा १७ जना

काठमाडाैं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानी. . .


ओखलढुंगामा बाढी-पहिरोबाट चारको मृत्यु , एकै परीवारका दुई जना पहिरोमा परे

मनोज भट्टराई, ओखलढुंगा, असार २९  गते । सडकका कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन् । मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय छोरी याङजी शेर्प�. . .


दोस्रो टी–२० खेलमा नेपालको मलेसियामाथि ६ रनको रोमाञ्चक जीत

दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ । जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसि. . .


जानकारी : आगामी तीन दिनको मौसम पूर्वानूमान यस्तो छ …

मनसुन न्यून चापीय रेखा  नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानूमानः असार. . .


मलेशियामा सडक दुर्घटनामा परेर एकजना नेपालीको मृत्यु

काठमाडौं असार २९।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर . . .


एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज : न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ । उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको . . .