काठमाडौं कार्तिक १० , सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ बाट धरानकी जस्मिन लिम्बू बाहिरिएकी छिन् । टप टेन प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोटका आधारमा उनी बाहिरिएकी हुन् । शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि लिम्बू बाहिरिन पुगेकी हुन् । . . .
भद्रपुर । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल�. . .
तारा आचार्य, मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् । अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको म�. . .
पोखरा । युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो । आक्रामक ब्याटिङ गरेको पाखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बना. . .
बिराटनगर कार्तिक ९ , विराटनगरको महेन्द्र चोक दक्षिण ट्यक्सी स्टेन छेउमा रहेको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबको अवसरमा अफर लिएर आएको छ । रेस्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सबको अवसरमा १०% छुटको व्यवस्था गरेको छ । उक्त रेस्टुरेन्ट गत बर्ष कार्तिक ११ गते विराटनगर महानगरपालीका मेयर �. . .
कञ्चनपुर। निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फे�. . .
काठमाडौं कार्तिक ८ – कलाकार तथा निर्देशक दीपाश्री निरौला निर्देशक रहेको तेस्रो चलचित्र ‘छक्का पन्जा ३’ ले राम्रो दर्शक पाएको छ । केही साता अघिबाट प्रदर्शनमा आएको यो चलचित्र प्रदर्शनको तेस्रो सातामा प्रबेश गरेको छ । एकसाता पनि बढो मुस्किलले चलचित्र हलमा टिक्ने गरेको वर्तमान समयमा ‘छक्का पन्जा ३’ भने. . .
काठमाडौँ, कात्तिक ८ गते । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्मेलन शुक्रबार र शनिबार दुई. . .
भद्रपुर, कात्तिक ८ गते । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्�. . .
इटहरी कार्तिक ८ , सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध �. . .
इटहरी, कात्तिक ८ गते । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फ�. . .
बिराटनगर कार्तिक ८ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् । इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२�. . .