लहान । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कुल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्य�. . .
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य. . .
ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानका. . .
संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको. . .
आइतबारबाट राजविराजमा सुरु भएको सप्तरी प्रिमियर लिग खेलमा फिर्दोश अन्सारीको अलराउण्ड प्रदर्शनले रुपनी राइडर्सको विजयी यात्रा आरम्भ भएको छ। सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिएका अन्सारीले सर्वाधिक ६१ रन समेत बनाए। प्लेयर अफ द म्याच घोषित अन्सारीले ४९ बलमा ६ चौका र २ छक्का प्रहार ग. . .
ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता भएका छन् । सिदिंवा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको स्थानीय कमल कडरियाले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मुकुभञ्ज्याङ भन्ने स्थानमा �. . .
पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता भएका छन् । अविरल वर्षासँगै गएराति आएको बाढीले विभिन्न ठाउँमा गरी पाँचजना बेपत्ता भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार याङवरक गाउँपालिका, फिदिम नगरपालिका र फालेलङ गाँउपालिका बाढीले बेपत्ता भएका हुन् । बाढीले मेची राजमा. . .
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । जेठ २२ गते अन्तिम पटक घटेको नेप्से परिसूचक त्यसयता निरन्तर बढिरहेको छ । लगातार आठौँ दिनसम्म बढ्दा परिसूचकमा यो साता मात्रै ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अङ्कमा कायम थियो । जबकि, यो. . .
विश्वकै पुरानो टेस्ट क्रिकेट प्रतियोगिताका रूपमा रहेको एसेज सिरिज शुक्रबारबाट सुरु भएको छ। पहिलो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले जो रुटको शतकको मद्दतमा ३ सय ९३ रनमा आफ्नो पारी घोषणा गरेको छ। जवाफमा पहिलो दिननै अस्ट्रेलिया बिना विकेटको क्षतिमा १४ रन बनाएर क्रिजमा रहँदा दिनको खेल सकिएको थियो। ब. . .
एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको नेपालको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि प्रतियोगिताबाट बाहिरिएको हो।घरेलु टोली हङकङलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल सम्. . .
रोयटर्स (एजेन्सी): भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्किएको छ। कफ्र्यु जारी रहेकै समयमा विभिन्न स्थानमा झडप भएको छ भने संघीय मन्त्रीकै घरमा आगजनी गरिएको छ। गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न राज्यसहित केन्द्र सरकारलाई पनि सिफारिस पठाउन भनेपछि कुकी जन. . .
कलेजो वरिपरि अनावश्यक बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ । हाम्रो कलेजोको कुल तौलमा पाँचदेखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ । कुनै कारण योभन्दा बढी बोसो जम्मा भएमा फ्याटी लिभर भएको बुझ्नुपर्छ । फ्याटी लिभर दुई प्रकारका हुन्छन्, अल्कोहलयुक्त र अल्कोहलरहित । नियमित रक्सी खाने व्यक्तिमा अल्�. . .