Bivek_OB

मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण

मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मोरङको रतुवामाईका ६ जनामा संक्रमण देखिएको हो। रतुवामाईका २ जनामा यसअघि पनि संक्रमण देखिएको थियो ।आजका संक्रमित समेत जोड्दा रतुवामाईमा जम्मा ८ जना संक्रमित संख्या पुगेको छ । मोरङमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । विराटनगरका ३. . .


थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  . . .


दैलेखमा अनिश्चितकालिन कर्फ्यु जारी

दैलेख, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको हो । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस�. . .


सांसदद्वारा लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले बन्दाबन्दीको हालको �. . .


प्रदेश नम्बर १ मा शनिबारसम्म वर्षा हुनेे सम्भावना

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । . . .


कोरोनाका कारण थप एकजनाको ज्यान गयो, संख्या ११ पुग्यो

कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँस. . .


युवा उद्घमी मञ्च विराटनगरद्वारा मोरङका कैदीबन्दीको सुबिधाका लागि टेलिभिजन सहयोग

विराटनगर जेठ २३, नेपाली युवा उद्धमी मञ्च बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरेको छ । कोभिड १९ का कारण आफ्ना परिवार भेट्न नपाइ रहेको अवस्थामा हुने मानसिक तनाब कम होस भन्ने उदेश्यले मनोरञ्जन प्राप्त गरि कैदीहरु मानसिक रुपमा स्वास्थ्य हु�. . .


मोरङको कटहरीमा सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्यास

विराटनगर । सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको छ । कटहरी गाँउपालिका– ५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको हो । बिहिबार एक कार्यक्रमको विच कटहरि गाँउपालिकाका मेयर रामकुमार कामत, ज�. . .


क्वारेन्टाइनमा नै जन्मिए दुई शिशु ,महिला र बच्चाको अवस्था सामान्य

डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालय�. . .


जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या

सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्�. . .


भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाले २७५ जनाको मृत्यु भएको छ । भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ ।. . .


शैक्षिक परामर्श व्यवसायलाई अति प्रभावित क्षेत्र मानेर सहुलियत ऋण उपलब्ध गराउन माग

राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए)ले शैक्षिक परामर्श व्यवसायलाई कोरोना संक्रमणबाट सिर्जित लकडाउनका कारण अति प्रभावित ब्यवसायिक क्षेत्र अन्तर्गत सुचिकृत गरी सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले एक बिज्ञप्ति जारी गरी सहुलियत ऋण/पुनरकर्जाको सुबिधा, कर छुट तथा कर तिर्नका लागि सहज �. . .