कोशी

दमकको भाटभाटेनी पनि संचालनमा आयो

विराटनगर । झापाको दमकमा रहेको भाटभटेनी सुपर स्टोर शनिबारबाट पुनः सञ्चालनमा ल्याइएको छ । आगलागीबाट क्षति पुगेपछि बन्द रहेको स्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो। गत भदौ २४ गते जेन्जी आन्दोलनमा ध्वस्त भएको सुपरमार्केटलाई संचालनमा आउन झण्डै बर्षदिन नै लागेको थियो । कम्पनीका अध्यक्ष �. . .


सुन्दरहरैंचाको सिद्धार्थ स्कुलविरुद्ध सामाजिक सञ्जालमा आएको प्रचारप्रति विद्यालय र कर्मचारीको आपत्ति

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलको शैक्षिक, प्रशासनिक तथा सेवा–सुविधाका विषयमा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीप्रति विद्यालय प्रशासन तथा शिक्षक–कर्मचारीहरूले आपत्ति जनाएका छन् । मङ्सिर ३ गते रुद्र पाण्डे नामको फेसबुक पेजबाट विद्याल�. . .


विराटनगरको विकेभीएम स्कुलको मैदानमा पाँचदिने निःशुल्क योग प्रशिक्षण सुरु

विराटनगर । स्वस्थ जीवनशैलीको प्रवद्र्धन र योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङ महिला पतञ्जली समितिले विराटनगरमा पाँचदिने निःशुल्क योग प्रशिक्षण सुरु गरेको छ । विराटनगर ११ बीकेभीएम स्कुलको खेल मैदानमा शुक्रबार विहानदेखी सुरु भएको प्रशिक्षण मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । प्रत्ये�. . .


विराटनगर भन्सारबाट विष्फोटक पदार्थ पोटासियम नाइट्रेट ‘फिटकीरी’को नाममा जाँचपास, धरान पुगेपछि पक्राउ

विराटनगर । आयात इजाजत नलिकन पूर्वमा पोटासियम नाइट्रेट कारोबार हुने गरेको खुलेको छ । विष्फोटक पदार्थमा समेत प्रयोग हुने वस्तुको कारोबार विराटनगर भन्सार कार्यालयमा झुक्याएर जाँचपास गरेर भित्रने गरेको हो । जसलाई किन कोशी पहाडी जिल्लासम्म पठाइन्छ भन्ने अहिलेसम्म खुलेको छैन । पोटासियम नाइट्रेटलाई पो�. . .


विराटनगर हाटखोलाको श्मशान घाटमा दाउराको अभावपछि समितिसँग मेयर कोइराला गम्भिर छलफल

विराटनगर । विराटनगर महानगरपालिका–७ हाटखोलास्थित श्मशान घाटमा शव जलाउन दाउराको अभाव र व्यवस्थापनमा लापरबाही भएको भन्दै नागरिकस्तरबाट व्यापक गुनासो आएपछि नगरप्रमुख नागेश कोइरालाले घाट व्यवस्थापन समितिका पदाधिकारीलाई बोलाएर छलफल गरेका छन् । केही दिनयता शवदाहका लागि घाटमा पुगेका मृतकका आफन्तल�. . .


विराटनगरका २ हजार २५७ गरिब परिवारले पाउने भए परिचयपत्र, १९ वटै वडामा परिचयपत्र वितरणको तयारी

विराटनगर । राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा तथा लक्षित वर्गका सुविधा वास्तविक गरिब परिवारसम्म पुर्‍याउने उद्देश्यले विराटनगर महानगरपालिकाले गरिब परिवार परिचयपत्र वितरणको तयारी अघि बढाएको छ । महानगरका १९ वटै वडामा पहिचान भएका २ हजार २५७ गरिब परिवारलाई वडास्तरबाटै परिचयपत्र वितरण गर्ने योजना �. . .


मोरङका सीमा क्षेत्रमा कडाई, जोगबनीबाट सुनसरी सोझियो तस्करी रुट

विराटनगर । सीमामा कडाई भएपछि तस्करहरुले सामान पठाउन ट्रान्सपोर्टको प्रयोग गर्न थालेका छन् । सशस्त्र प्रहरीले बिहीबार विराटनगर–७ स्थित भृकुटी चौकमा रहेकोे नेपाल ट्रान्सपोर्टबाट समेत तस्करीका सामान बरामद गरेको छ । तस्करहरुले सोझै सामान पु¥याउन नसक्ने स्थिति आएमा ट्रान्सपोर्टको प्रयोग गर्दछन् ।. . .


अर्थमन्त्रीसँग विराटनगरमा कार्गोरेल नियमित बनाउन माग

विराटनगर । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग विराटनगर–१८ स्थित आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डसम्म कार्गोरेल नियमित बनाउन अनुरोध गरिएको छ । अर्थमन्त्री वाग्ले शुक्रबार विराटनगर आउँदा नेपाल कष्टम यार्डको निरीक्षण गर्न पुगेका थिए । त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राज. . .


विराटनगरमा भोली निर्माण व्यवसायी महासंघको अधिवेशन, प्रतिनिधी छनौटमा विवाद

विराटनगर । कोशी प्रदेश निर्माण व्यवसायी महासंघको भोली शुक्रबार विराटनगमा सुरु हुन लागेको अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चर्किएको छ । निर्माण व्यवसायी संघ मोरङले विधानविपरीत २६ जना प्रतिनिधि छनोट गरी पठाएको भन्दै असन्तुष्ट व्यवसायीहरूले छानबिनको माग गरेका छन् । निर्माण व्यवसा�. . .


विराटनगरको नोवेल हस्पिटलको २२औँ नोवेल डेमा दुई दर्जन बढी सम्मानित

विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो २२औँ स्थापना दिवस (नोवेल डे) विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ। बुधबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन तथा केक काटेर २२औँ नोवेल डे मनाइएको हो। अस्पतालका सञ्चालक डा.सुनिल शर्माका बुब�. . .


बिराट मेडिकलमा शुक्रबार लाइभ ENT सर्जरी कार्यशाला हुने, शनिबारदेखि इटहरीमा राष्ट्रिय सम्मेलन

विराटनगर। सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपालको दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा मंसिर ४ गते शुक्रबार लाइभ ENT सर्जरी कार्यशाला हुने भएको छ। सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल र बिराट मेडिकल कलेज टिचीङ हस्पिटलको सहकार्यमा लाइभ सर्जरी कार्यशाला ह. . .


विराटनगरमा १ हजार ४६० विषालु सर्पको उद्धार गर्ने घिमिरे नोबेल हस्पिटलबाट सम्मानित

विराटनगर । विगत तीन वर्षदेखि निरन्तर रूपमा विषालु सर्पको उद्धार गर्दै आएका ४६ वर्षीय शम्भुप्रसाद घिमिरेलाई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सम्मान गरेको छ। विराटनगर–३ का स्थायी बासिन्दा तथा हाल बुढीगंगा गाउँपालिका–१ मा बस्दै आएका घिमिरेलाई बुधबार साँझ आयोजित नोबेल हस्पिटलको २२औँ नोबेल डे समा�. . .