विशेष

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरता. . .


संवैधानिक जिम्मेवारी निभाउदा प्रदेश प्रमुखमाथि पहिचानपक्षधरको प्रहार ….

विराटनगर । पहिलो प्रदेशसभा र प्रदेश सरकारले प्रदेशको नाम राख्न नसकेको भन्दै आलोचना बोहोरको भन्दै दोश्रो कार्यकालका लागि प्रदेभसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेशको नाम प्राथमिकतामा राखे । त्यही अनुसार फगुन १७ गते प्रदेश १ ले प्रदेशसभाबाट बहुमतका साथ कोशी नाम पारित गरे । त्यसदिन देखि यता प�. . .


मोरङबाट बर्षेनी हजारौँको संख्यामा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो

विराटनगर । मोरङ जिल्लाबाट बर्षेनी हजारौँको संख्यामा नेपाली नागरिक विदेशीने गरेको पाइएको छ । सन् २०१९ देखि सन् २०२३ को चैत्र महिनासम्म मोरङबाट १ लाख ९८ हजार ६ सय १८ जना नागरिक रोजगारीका लागि विदेशीएका छन् । विराटनगर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) परियोजना र परियोजनाको साझेदार संस्था सगरमा. . .


भोजपुरमा बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी आयोजनामा क्षति

भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पु¥याएको हो । बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्य�. . .


काेशी प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री आउदै

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वक�. . .


कोशी प्रदेश बाढी पहिरो अपडेट : आठ जनाको मृत्यु, २८ बेपत्ता

विराटनगर। कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । २८ जना वेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १/ १ जना पुरुषको मृत्यु �. . .


ताप्लेजुङमा पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सू�. . .


संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ (नाम सहित)

संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको. . .


झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहारा

बनियानी । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय वन �. . .


समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ । आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझ�. . .


कोशी प्रदेश बाढी पहिरो अपडेट : दुई जनाको मृत्यु, २८ बेपत्ता

विराटनगर । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार संखुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो । उन�. . .


‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए

काठमाडौँ । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख . . .