विराटनगर । काेशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएकाे छ । मुख्यमन्त्री उद्धब थापाले आज पत्रकार सम्मेपन गर्दै आजै जसपा सरकारमा सहभागी हुन लागेकाे बताएका हुन् । यसअघि काँग्रेस, माओवादी र नेकपा एसबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेकाे जसपामा सांसद न. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध�. . .
काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो । कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी अनुसार अहिले परीक्षार्�. . .
काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन�. . .
विराटनगर । विगत ७ महिनादेखी विनादर्ता संचलनमा रहेको विराटनगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । विराटनगर ७ स्थित हस्पिटल चौकमा विना दर्ता संचालनमा आएको मेडिक्युस्ट प्रयोगशाला प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विराटनगर महानगरपालीकाको टोलीले बिहीबार शिलबन्दी गरेको हो । महानगरपालिकामा विनादर्. . .
विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालिन लागेको ५५ औं संस्करणको रथ यात्राको लागी सरोकारवाला निकायहरु तयारीमा जुट्न थालेका छन् । यस पटक व्यवस्थापनको जिम्मा लिएको महानगरपालीकाले बिहीबार रथयात्रा विश्रजन गर्ने डो¥याउने स्थान र बाटोको अवलोकन गरेका छन् । विराटनगर महानगरपालीकाका मेयर नागेश कोई�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो। शर्माले फेक कागजात प्रयोग गरेर स्वास्थ्य बीमा वापतको रकम दावी गरेको आरोप छ । त्यस बाहेक उनलाई नक्कली शै�. . .
सुजता लिम्बू विराटनगर । जनतालाई दिइएको अपेक्षा र प्रतिवद्धताका साथ निर्वाचन जितेर आएका जनप्रतिनिधि सत्ता स्वार्थमा डुब्दा यतिबेला कोशी प्रदेशसभा नेतृत्वविहीन बनेको छ । जनतका समस्यालाई सम्बोधन गर्ने मुख्य थलो नै नेतृत्वविहीन अर्थात सभामुखविहीन हुँदा जनताका समस्या कहाँ र कसरी राख्ने भन्ने प्रश्न . . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्�. . .
किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककन�. . .
काठमाडौं । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगाता. . .
विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षक धरौटीमा छुटेका छन् । मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका हुन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटीमा छोडन मंगलबार आ�. . .