कोशी

विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मा विरुद्ध ६ वर्ष कैद र एकअर्ब ३५ करोड १८ लाख बिगो–जरिवाना

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र एक अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैँया बिगो र जरिवाना तोकिएको छ । शर्मासहितसहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले बिहीबार सजाय तोकेको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको सहकारीका अध्यक्ष शर्मा दोषी ठहर भएका हुन् . . .


कोशी ब्यारेजमा पूर्वअभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुईजना वेपत्ता

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल, नेपालका दुईजना वेपत्ता भएका छन् । मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा रहेको बेला सप्तकोशी नदी, कोशी ब्यारेजमा उनीहरु वेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्रका जवाफ सरोज सा. . .


सापटी मागेर ल्याएको रकम घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए

विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो । उनले रकम बोकेर आईरहेका एक व्यक्�. . .


विराटनगरमा शुक्रबार र शनिबार देशभरका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी (जेठ २३ र २४) शुक्रबार र शनिबार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्. . .


बगरमा बालुवाले पुरेको ११२० केजी गाँजा बरामद

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई राखेको अवस्थामा १ हजार १२० किलिग्राम गाँजा प्रहरीले बरामद गरेको छ । खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी ब�. . .


फुपुको घरमा श्रीमान–श्रीमतीबीच झगडा, घरसम्म जान साथी पठाएका व्यक्तिको बाटोमै हत्या

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ बर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपित ३२ बर्षीय अर्जुन गुरुङ हुन् । घटना गत जेठ २१ गतेको हो । फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएका गुरुङ र उनको श्र�. . .


कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँक�. . .


विराटनगरमा निजी लगानीमा स्पोर्टस जोन, देशकै ठुलो क्रिकेट एकाडेमी बन्ने दावी

विराटनगर । विराटनगरमा निजी लगानीकर्ताले नेपालकै ठुलो क्रिकेट एकाडेमी निर्माण गर्न साझेदारी गरेका छन् । विराटनगरका हरी बजगाँई, नवराज काफ्ले र राज ढकालले विराट स्पोर्टस जोन प्रा.लि.मार्फत खेल अभ्यासको संरचना निर्माण थालेका हुन् । विराटनगर–३ मा निर्माण सुरु भएको स्पोर्टस जोन ३० कठ्ठा जग्गामा बन्नेछ । . . .


रंगेली नगरपालिकामा बन्यो लोभलाग्दो कृषि बजार, आठ वर्षमा ११ गौरवका योजना बनेको दावी

विराटनगर । मोरङको रंगेली नगरपालिकाको मूल नारा ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ छ । विराटनगरबाट २५ किलोमिटर पूर्व दक्षिण रहेको नगरपालिकाले पछिल्लो आठ वर्षमा ११ वटा गौरव गर्न लायक योजनामा सफल भएको दावी गरेको छ । रंगेली नगरपालिकाको नारासँग मेल खाने योजनामध्य�. . .


विराटनगरका विश्वदीप पाल : जसका हातले बनाउँछ मोल्ड, त्यसमा जम्छ आइसक्रिम

विराटनगर । गर्मी छ, बजारमा आइसक्रिम बिक्री र खरिद बढ्दो छ । यसको उपभोग गर्ने उपभोक्ताहरु विभिन्न आकारका आइसक्रिमसँग गज्जब मानिरहेका हुन्छन् । आइसक्रिमको व्यापारको प्रसङ्ग फरक छँदैछ । यसको उत्पादन, प्रशोसेसिङ, बजारीकरणको आफ्नै पाटो छ । बजारमा देखिने विभिन्न आकारका आइसक्रिम कसरी बन्छ ? स्वरुप कसरी ग्र�. . .


अब कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार कार्यालय

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकारको आज(सोमबार)बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा यसअघि स�. . .


यातायात व्यवसायीको आन्दोलनले कोशी प्रदेशमा जनजीवन प्रभावित

इटहरी । निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडीसरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित सोमबार बिहानदेखि नै कोशी प्रदेशमा पनि सार्वजनिक सवारीसाधन ठप्प छन् । संयुक्त आन्दोलनको समर्थनमा धरान र इटहरी क्षेत्रमा बिहानैदेखि साना तथा ठुला कालो प्लेटक. . .