होम सुवेदी विराटनगरको मध्य गर्मीमा मध्य दिनमा मैले बसबाट ओर्लनासाथ यसो बजारतिर हेरें । पर पर तिर एकदुई मान्छेहरु मात्र यसो छाता ओढेर हिंडेका देखिन्थे । बजार सुनसान थियो । पानपसलहरु पनि बन्द थिए । एक दुई ओटा रिक्सावालाहरु पर पर रुखका फेदमा रिक्सा अड्याएर छायामा शीतल तापेर बसेका जस्ता देखिन्थे । " मधुमा. . .
सगरमाथा प्रशिद्घ बिश्वभरको यै देशमा पर्दछ । बिहानीपख सूर्यको किरणले मोति यहि छर्दछ । नेपाली बिर हुन् जस्ले त पहिले टेकेर पाईला त्यहा । झण्डा नेपालको गरेर फरफर् आश्चार्य भो बिश्वमा ।। १ गौतम् बुद्ध पनि त जन्मेथे यहा बनेर शान्ति दुत । सिता भृकुटी भनेर अहिले गर्छौ निकै तारीफ । शान्ति क्षेत्र होओस् भ. . .
उसले सोच्यो, मलाई सवैभन्दा वढि जीवन सिकाउने दुई गुरूहरू चिन्न पाए हुन्थ्यो । आँखा चिम्लियो धेरैवेर संझियो धेरै धेरै गुरूहरू । आँखा खोल्दा ढुंगा र सानो रूख उसको नजिकै थिए । त्यहि ढुंगा जसमा उ पटक पटक ठोक्किएको थियो र त्यहि सानो रूख जसलाई हरेक पटक ठोक्किएर धर्खरिँदा उसले समातेको थियो ।. . .
तात्यो बिराटनगरै परदैन पानी जाँदो छ रात अनिदो सपना खरानी बढ्दो छ उष्ण हदनै जल प्यूनु ज्यास्ती बग्दो छ देह भरिनै पसिना छ खानी रन्क्यो घरै र सडकै थपिदो छ ज्वाला बस्त्रै हटाउँ कि कसो, कि त चर्म तानी पूर्वे वतास पनि लौ जब हुन्छ ठप्प अत्तालिदै सकसले अनि रुन्छ नानी नेपालको छ विजुली भरको त छैन जाँदो छ न. . .
गर्मी सहिदिएर तिमी समिप हुँदाकाे गर्मी अाफूँ अाफैमा पग्लिन सकूँ रापिलाे ताताेपनकाे बदला त्याे मुटुमा मायाकाे शितल चुम्बन डाम्न सकूँ र सर्माउदै वास्पिक्रित हाेऊँ। प्रिय तिम्राे याैवनकाे बिरूद्दमा कुनै जाहेरी बाेल्नु छैन ।. . .
तिम्रो शहरको नामुद चौकको बीचमा ठिङ्ग उभिएर नाङ्गिन मन छ मलाई तिमीहरुले तोकिदिएको लाज छोपेका तिम्रै अनुशासनका लुगाहरू च्यातेर वेस्सरी चिच्याउँदै भन्न मन छ; "हेर...म भर्खरै मान्छे भएको छु ।" तिमीहरूले भरिदिएका डर कोरिदिएका सिमाना उभ्याईदिएका पर्खाल रोपिदिएका स्वार्थ र तोकिदिएका मर्यादाले मलाई �. . .
म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु, आँशु र पसिनाको । खाऊँ खाऊँ लागेन, तिमीलाई सुन्दाखेरी ? आऊ, सँगै बसेर खाऊँ मेरा आँखा निकालेर गुच्चा खेलौँला, वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर । कुन टेनिस खेल्�. . .
तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु केही झण तिमी नहुदा आफै छटपटाइरहेछु ~ कहिले काही गुलाफ छुदा झस्किन्छु म तिम्रो कोमल स्पर्शको अभाव महसुस गरिरहेछु ~ एकान्त वनमा कोइलीले मलाई नै बोलाको लाग्छ धेरै दिन देखि मायालुको स्वरको प्रतिक्षामा रहिरहेछु ~ जोडी चखेवा आगँनमा देख्दा डाहा लाग्छ मलाई देउर�. . .
- परिवर्तन ढकाल कुल्ङगार छोरा छोरी नजन्माउ आमा कुसन्तान भए गर्भमै तुहाउ आमा ~ तिमीलाई असङ्ख्य सन्तान चाहिदैन तिम्रो ख्याल गर्ने एक चाहिन्छ आमा ~ कुपात्रमा परेको एकले मास्छन सारालाई सुपुत्रले हसाइरहन्छन तिमीलाई आमा ~ तिमी रोएको यो आखाँले हेर्न सक्दैन ति ओठमा मुस्कान ल्याउनेको खाचो छ आमा ~ सकिद�. . .
तिमी वर्षाको गजगजे हिलो छि: भन्दै रिसाउँछौ त्यो मेघसँग उनी बर्षाको रिमझिमे मौसम रमाएर उड्छ मन उनको वेगसँग तिमी व्यस्तताको चक्रव्युहमा फसेको हो आँधीसँग जुझेको व्यस्ततामै अल्झिन्थ्यौ त्यसैले कोही साथी चहिएनन् उनी पनि व्यस्तताले थाकेकी मिहेनतले नै सफल भएकी व्स्ततामा एक्लिन्थिन् त्यसैले तिमी स. . .
----------------------------- हिजो, तिम्रो मरेको लाससँग जोडेर जिंउदै चितामा पोलेका हौ। फेरि, तिम्रै मृत्युको कारणसँग जोडेर नारीको शृङगार खोलेका हौ।मुन्डन गरेका हौ। सम्झ, एक पुरुषका बहु पत्नी तर एउटी बालविधवाले एक्लो कष्टकर जीवन बिताएको हो,तिम्रो समाजमा। एउटी नारीलाई बोक्सी,डायनी,बेश्या जस्ता नाम दिएर चरित्र हत्या ग�. . .
- कृष्ण वस्ती शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात�. . .