बालक: गुरु, हिन्दि फिल्म शोले का डाका र हाम्रा पत्रकार काकाहरु बारे हजुरको धारणा के छ ? गुरु: खै आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ? बालक:: हैन , बजारमा चाहिं हल्ला छ , दुवै नक्कली रे ! गुरु: नक्कली रे ? कसरि नि ? बालक: ति शोलेका डाका पनि सबै नक्कली रे , अभिनेता हरुले डाकाको रोल खेलेका रे ! त्यसरी नै , यी पत्. . .
महशुस गर्दैछु नहुनुभन्दा हुनु ठिक रहेछ अझै थपुँ? मलाई तिमि नहुनुभन्दा हुनु ठिक रहेछ । म खुशी हुँदोरहेछु, रमाउदो रहेछु हरेक गानाले कुत्कुति लगाएझै लागेर नाच्दो पनि रहेछु हावा चलेपछि जसरि हल्लिन्छ रूख त्यसरिनै । तिमि त हावा पो रहेछौ । म थाहा पाउदो रहेछु छातीभित्र सानोसानो भुकम्प गएको , वाढि आएको, र आ�. . .
आजको शिर्षक अलिक बेग्लै खालको छानेको छु ! यो कुनै एक प्राइभेट स्कुलको बसको नम्बर हो तर कुन स्कुलको को हो भन्ने बारेमा चाहिं म केहि जान्दिन ! एकदिन को कुरो हो , हालसालै है , महा-भुकम्प पछिकै कुरो हो ! म एउटा प्राइभेट गाडीमा परिवारका केहि सदस्य संगै इटहरी तर्फ जाँदै थिएँ ! अचानक यो बसले हामीलाई उछिनेर अघि लाग. . .
मुटु दह्रो भयो भने, मान्छे दह्रो हुन्छ भन्छन्। मुटु कम्जोर हुने मान्छे, एक्लै एक्लै रुन्छ भन्छन्। समाजका सर्पहरु, यही मुटुमा विष छर्छन्। राज नेता अभिनेता, ब्यापारीले खेती गर्छन्। कहीले काही यही मुटुलाई, आफ्नै मनको तीर लाग्छ। सधैँ बाच्न जन्मे जस्तो, मर्छुभन्ने पीर लाग्छ। कहीले काही यो मुटुन. . .
खै के सुर चढेर हो कुन्नि ! आफ्नो गाउँलाई मुटुभित्र बोकेर हिंडेको थिएँ, आजभन्दा धेरै पहिले । त्यो बेला थाहा थिएन मलाई, मेरो गन्तव्य कहाँ पुगेर टुंगिन्छ । हिंड्दाहिंड्दै म विराटनगरमा आएर थचारिन पुगें । मैले पनि त्यो समयमा आफ्ना भावनाहरूलाई पंक्तिबद्ध कविताको मालामा उनेर विद्रोहको भाषा बोल्ने चेष्टा गर्�. . .
मानवता छटपटाइरहेछ मतलबी दीन संसार लोभ ईष्या घमण्डले मानवता छटपटाइरहेछ ।। आशावादी जीवन खातिर मृगतृष्णा पछि दौडी मानवता छटपटाइरहेछ ।। भोको पेटको चपेटमा लाचारी बनी तन मानवता छटपटाइरहेछ ।। मन कालो तन उज्यालो हत्या हिंसाको विभीषिका मानवता छटपटाइरहेछ ।। कति शुन्य विवेक ? पद पैसाको रापमा मानव�. . .
देश दिन दिनै संकटको दलदलमा फसिरहेको बेला फेरी सुरु भयो नेपालमा अर्को एउटा खेल अचानक कहाँबाट आयो बिनाशकारी भुकम्प कयौ धन जन बनायो सखाप पुराना मठ ,मन्दिर र संरचनाको पार्यो बिनाश पढेका थियौ भूकम्पको इतिहास् आज पार्यो आखाको अगाडी बित्यास कतिका छोरा छोरी मरे पुरिएर कतीका आमा बाबु सडे माटो मुनी कुह�. . .
पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो। मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।। एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा। अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।। सुकायौ रे दुवै आँखा रुँदा-रूँदै अन्तिम थोपो। त्यहाँ तिम्रो आँसु खस्दा यहाँ मनमा टप्को लाग्यो।। पिरतीको पिरोलोमा नस�. . .
म तिम्ले रोजेको गुलाब होईन, न तिम्ले खोजेको शहर हूँ ।। आगो लिएर नजलाऊ मलाई , म तिम्ले पिउने चुरोट होईन।। म तिम्लाई सिगार्ने गहना होईन, न तिम्रो चरणको दास नै हूँ ।। गोली लिएर निशाना नलाऊ, म रानी वनको शिकार होईन।। म तिम्रो रबाफको विषय होईन, न तिम्रो पीडाको कारणै हूँ।। धार लिएर नरेट मलाई , म तिम्रा गीतक. . .
अब भर नपर मन डर घर, थरथर नगर । परपर गर, अब भर नपर ।। डगमग मन, भन पर सर । वरपर छल, अब भर नपर ।। बन अब नर, गर पर नजर । छलफल गर, अब भर नपर ।। मन धन, छटपट नगर । यत्रतत्र छल, अब भर नपर ।। तहसनहस घर, डर सहर । झलमल गर, अब भर नपर ।। दल छन् ठग, अब गडबड । परपर गर, अब भर नपर ।। सहर नगर, फल ऋण जलन । गजब रहर, अब भर नपर ।। ढलपल . . .
गजल दाल भात ढिडो गुन्द्रुक , खाना मेरो पहिचान हो ।। झुप्रो घर छेउमा पाली , छाना मेरो पहिचान हो ।। डोको नाम्लो ढाकार टेकान,ढिकि जातो कुचो देखी । मुरी पाथी धार्नी चौथाइ , माना मेरो पहिचान हो ।। तोरी फापर घैया गहु , आलु देखी भटमाससम्म । कोदो मकै कुभिन्डोको , चाना मेरो पहिचान हो ।। सुन्दा खेरी जङ्गलिको,सङ्ग्. . .
थाम्नै नपाई गर्यामगुर्लुम पछारियाे भुइँकाे छाती कुल्चि उभिएकाे धरहराकाे अभिमान र पुरिए दर्जनाै अाकाश छेड्ने कक्रिंट सपनाहरू । सपनाहरू सदियाै देखि भुइँ टेकेरै उभिएका हुन भुइँबाटै तन्किएर अाकाश छाेई बाँचेका हुन । अाकाश छुदैमा जाे काेही अाकाश बन्दाे रहेनछ । अाकाश बनेसी जाे काेही भुइँमा रहदाे. . .