सम्पूर्ण समाचार

१९औँ एसियाली खेलकुद : नेपालले भारतसँग खेल्ने

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्ने�. . .


बेलबारीको भलुवा खोलामा डुबेर बालिकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । आइतबार दिउँसो बेलबारी नगरपालिका-३ घर भई हाल मामा साङ्गे लामासंग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाक�. . .


सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँः प्रा डा झा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताउनुभएको छ । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्�. . .


डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो . . .


आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डक. . .


बजेट शून्य पारिएका निकायले बजेट पाए

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन् । बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहत १० निकायका १३६ वटा कार्यालयमा शून्य बजेट भएपछि त्यसको चौतर्फी विरो�. . .


मनसुन एक सातापछि बाहिरिने

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन �. . .


सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो :नेत्री अग्रहरी

काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्. . .


कोशी प्रदेश एमाले अधिवेशन : ९७७ मत खस्यो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा ९७७ मत खसेकाे छ । अधिवेसनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ। गएराती भएकाे मतदानकाे मत गणना आज दिउँसाे १ बजेदेखि गर्ने निर्वाचन समिति. . .


काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

काठमाडौँ । सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा.मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने . . .


नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्ट. . .


सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वै�. . .