सम्पूर्ण समाचार

विराटनगरमा तेश्रो संस्करणको ईन्टर लियो रनिङ शिल्ड फुटसल कप हुने

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ । यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार वि. . .


‘क्रिस्प्स’ को बिटा परीक्षण सम्पन्न : समाचारलाई छोट्याएर पढ्न मिल्ने

विराटनगर । समाचारका बिषयवस्तुलाई छोट्याएर जिष्ट कुरा थोरै समयमा पढ्न र बुझ्न मिल्ने गरि विराटनगरमा ‘क्रिस्प्स’ नामक एपको बिटा परीक्षण सम्पन्न भएको छ । शनिबार मोरङको विराटनगरस्थित विराटनगर इन्टरनेशनल कलेजमा १०० जना प्रयोगकर्ताहरु माझ एपको बिटा भर्जन परीक्षण भएको हो । परीक्षणका क्रममा प्रयोगकर्त�. . .


विराटनगरको वरगाछीमा ‘वर स्तम्भ’ राखिने

विराटनगर । विराटनगर वरगाछी चौकको पहिचान फर्काउन वरको कृत्रिम स्तम्भ निर्माण गरिने भएको छ । स्थानीयले वरगाछीको पहिचान झल्काउन ‘वरगाछी’को स्तम्भ निर्माण गर्ने भएका हुन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाँईको अगुवाईमा आठ लाख लागतमा वरगाछी निर्माणको काम अगाडी बढेको छ । चाप. . .


देशभर पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना सङ्क्रमित थपिए, दुईकाे मृत्यु

विराटनगर ।देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४६५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ८९ जनामा कोर. . .


आयल निगमका उपलब्धि :आपूर्ति र संस्थागत सुधार

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री, पूर्वाधार निर्माण, प�. . .


विश्वविद्यालयका प्राध्यापकहरुका लागी वृत्तिविकास तालिम सम्पन्न

विराटनगर । परम्परागत सिकाई पद्दतिमा परिवर्तनको आवश्यकता महसुस गर्दै प्राध्यापकहरुको अनौपचारिक सञ्जालले १ महिने बहुआयामिक कार्यशाला सम्पन्न गरेको छ । विश्वविद्यालयका प्राध्यापकहरुको वृत्तिविकासमा सहयोग पुर्याउन उद्देश्यसहित भर्चुअल माध्यमबाट उक्त कार्याशालाको आयोजना गरिएको थियो । कार्यशाल�. . .


रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू.पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचै�. . .


जिल्ला सहकारी संघको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित

विराटनगर । जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा तेस्रो कार्यकालका लागि विराटनगरका डिल्ली पोखरेल निर्वाचित भएका छन । विराटनगरमा आईतबार सम्पन्न जिल्ला सहकारी संघको साधारणसभाबाट पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका हुुन् । निकट्तम प्रतिद्वन्द्वी विरेन्द्र यादवलाई २९ मतले पराजित गर्दै पोखरेल सहकार. . .


नेकपा एमाले चितवनको अधिवेशन स्थगित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गर्नुभएको विज्ञप्तिमा अर्काे सूचना नभएसम्मका लागि अधि�. . .


बागमती प्रदेशको मुख्य न्याधिवक्तामा श्रेष्ठ नियुक्त

हेटौँडा । धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त हुनुभएको छ । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उहाँलाई शपथ गराउनुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्�. . .


वरिष्ठ साहित्यकार भट्टको निधन

कञ्चनपुर । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आउनुभएको थियो । भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका �. . .


माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी). . .