सम्पूर्ण समाचार

बेलायती विश्वबिद्यालयबाट बिराटनगरको मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी  दीक्षित 

विराटनगर साउन ७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको  व्यवस्थापन डिग्री (विविएम) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई  दीक्षित  गरेको हो । बिराटन�. . .


डा. गोविन्द केसीको अनसनको आज २४ औ दिन , अहिलेसम्म कै लामो अनसन

बिराटनगर साउन ७ , चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा छन् । उनको अनसनको आज २४ औ दिन हो । हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ ।  यो अनशन अहिलेसम्मकै लामो भएकाे छ । सरकारले केही दिनलाई संसद् . . .


कांग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, ६ साउन । विगत २३ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्वोधन गर्नु पर्ने भन्दै आइतबार प्रदेश १ को बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सभामुख प्रदिप कुमार भण्डारीले सदनको कार्वाही अगाडी बढाए लगतै प्रतिपक्षदल नेपाली काग्रेसका संसदहरु यथास्थानमा उभिएर सदन अ. . .


विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

प्रेम देवान/विराटनर,६ साउन । बजारमा पछिल्लो समय उपभोग्य सामानको सम्बन्धित निकायकाले बजार अनुगमन ध्यान नदिँदा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिने क्रम बढ्नै जान थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री बितरण हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिए�. . .


विराटनगरमा तरुण दल मोरङको टोली माथि प्रहरी हस्तक्षेप

विराटनगर, ६ असार । काठमाडौंमा तरुण दलको प्रदर्शनमा भएको प्रहरी दमनका विरुद्ध ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको तरुण दल मोरङको टोली माथि प्रहरीले हस्तक्षेप गरेको छ । नारा जुलुससहित तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा पुगेको टोलीलाई प्रहरीले ज्ञापनपत्र बुझाउन �. . .


मोरङ काँग्रेसको पार्टीलाई क्रियाशिल बनाउन यस्तो योजना

विराटनगर, ६ साउन । नेपाली काँग्रेस मोरङले सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने जनाएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्�. . .


बुढीगंगा पाउँपालिकाको कृषिको बजेट दुरुपायोग

विराटनगर, ६ साउन । मोरङको बुढीगंगा गाउँपालिकाका भित्रको कृषि शिर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लागेको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर कि�. . .


गाउँलेको कुटपिटबाट २ झाँक्रीको मृत्यु, प्रहरीले थाहा पाउनु अघि नै जलाए

धादिङ,५ साउन ।  उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइ�. . .


विराटनगरको साहित्यमा विभाजित मानसिकता, पुस्तान्तरणको समस्या

सुमन सुस्केरा/विराटनगर ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर दिग्भ्रमित हुँदै भौतारिएको छ, मानिसहरूको आस्था र विश्वास भत्काउँदै जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ... उ कसैको कुरा सुन्दैन कसैलाई मान्दैन कसैमाथि विश्वास गर्दैन मदोन्मत बनेर विदेशी माउतेको इशारामा आफ्नो सुन्दर घर नष. . .


आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । �. . .


मोरङमा एक बर्षको अबधिमा झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

विराटनगर,५ साउन  । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा द�. . .


विराटनगरको स्टार बहुउदेश्य सहकारी संस्थालाई वित्तीय कारोवारमा अङकुश

विराटनगर, ५ साउन । नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी. . .