सम्पूर्ण समाचार

सत्यमोहन जोशीको घरको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा रहेको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ । पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र �. . .


वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७�. . .


निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पु�. . .


ज्यान मार्ने उद्योगमा फरार राजवाहक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरे�. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विराटनगरमा विद्यार्थीको शान्तिपूर्ण मौन प्रदर्शन

विराटनगर । चार महिनामा दशौं पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले बुधबार विराटनगरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीमा भएको चरम मूल्यवृद्धि तथा देशको डामाडोल अर्थतन्त्र पर्ने सरकार विर�. . .


इम्बोस्ड नम्बर प्लेट जडान बढाइने

काठमाडौँ । तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेभन्दा पनि यसको गति बढाउँदै लगिने भएको छ । सङ्घीय संसद्को संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगतमा कम्पनीस. . .


नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको न�. . .


कपासेमा जिप दुर्घटना, एकको मृत्यु चार घाइते

वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो । बा १ झ ८७८४ नम्. . .


भोलिदेखि बालबालिकालाई खोप

काठमाडौँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म. . .


अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो । खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिर. . .


पाकिस्तानमा बस दुर्घटना, पाँचको मृत्यु, १० घाइते

पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो । घुम्तीमा तीव्र गतिमा चलाएकाले बस. . .


विराट हेल्थ कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भेटेपछि

विराटनगर । विराटनगर ३ खार्जीमा रहेको विराट हेल्थ कलेजले (सिटिइभिटी )ले तोकेभन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थी संघठनले विरोध जनाएको छ । पिसिएल नर्सिङ विषयमा अध्ययनरत विद्यार्थीहरुबाट कलेजले अतिरिक्त शुल्कभन्दा बढी लिएको विद्यार्थी तथा उनीहरुको अभिभावको चर्को जनगुनासो आएपछि �. . .