सम्पूर्ण समाचार

कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ । तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढ�. . .


प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । अस्प�. . .


सांसद भण्डारीलाई कोरोना पुष्टि

बैतडीबाट निर्वाचन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा सांसद भण्डारीलाई कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका भण्डारी यसअघि गत हप्ता प्रदेशका विभिन. . .


खोप लगाउने दर बढ्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक�. . .


नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइर�. . .


चिया कारखानामा आगलागी हुँदा ठूलो क्षति

इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ । आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आ. . .


११ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गर�. . .


हतियारसहित एक युवक पक्राउ

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित �. . .


सुदूरपश्चिम : थप १८४ मा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्. . .


दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

विराटनगर । मोरङको टंकीसिनवारी–१ मा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते बेलुकी पसलमा काम गरिरहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिका र आफन्तको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबाआमा . . .


सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ�. . .


भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १�. . .