जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक �. . .
विराटनगर । सुनसरीको धरानमा ३ दिवसीय वीर गणेशमान सिहं १ नं. प्रदेश स्तरीय "नोभिस बक्सिङ च्याम्पियनसिप-२०२२" सम्पन्न भएको छ । फाल्गुन ५ गतेदेखि आयोजना गरिएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सुनसरी जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा प्रदेशभरिका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिय. . .
विराटनगर । रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय-३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो । शिविरको पहिलो दिन ९६३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिव�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो । केन्द्रीय समितिको बैठक बसे�. . .
काठमाडौं । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज भएको १३औँ सभामा उहाँले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीब. . .
काठमाडौं । कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको. . .
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धम�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्से�. . .
विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । राटनग�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .
विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .
नुवाकोट । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका वडा ७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट �. . .