स्वास्थ्य

एक डाक्टर र एक नर्सबाट सुरु भएर यसरी बन्यो बाह्रसय शै्या, एकसय डाक्टर उत्पादन गर्ने विराट मेडिकल

विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाण्डौंको प्रसुती अस्पतालमा पेसामा आ�. . .


विराटनगर महानगरद्वारा सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

विराटनगर । विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश-१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार�. . .


‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स. . .


कोसी अस्पताल विराटनगरमा छैन जनशक्ति

सुजता लिम्बु विराटनगर । कोसी अस्पताल विराटनगरमा २४ शै्याको आईसियूसहित १२ शै्याको भेन्टिलेटर क्षमता छ । कोभिड १९ संक्रमणको समयमा विस्तार गरिएको आईसियू विथ भेन्टिलेटर सेवा अहिले १२ र ४ शै्या मात्रै प्रयोगमा छ । सरकारी अस्पताल कोसीमा जनशक्तिको अभाव हुँदा विस्तार गरिएको क्षमता अनुसारको सेवा प्रभाव प्�. . .


कोसी अस्पताल विराटनगरलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पताल स्वीकृत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षणका लागि कोसी अस्पताल विराटनगरलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले संघीय अस्पताल कोसीलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गरेक�. . .


बुस्टर डोज फागुनमा आउने

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुनको पहिलो हप्ता आउनुपर्ने �. . .


विराटनगर महानगरले हात्तीपाइले विरुद्धको औषधि सेवनलाई प्रभावकारी बनाइने

विराटनगर । हात्तीपाइले रोगको आमऔषधि सेवनलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले विभिन्न निकायका व्यक्तिहरुसित छलफल गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले हात्तीपाइले रोगको औषधि सेवन विगतमा प्रभावकारी नभएको बताएका थिए । महानगरका मेयर नागेश को�. . .


विराटनगरसहित देशभर दुई अर्बमा बनेका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ । सरकारको निर्देशन र नेपाली सेनाको व्यवस्थापनमा मुलुकका प्रमुख सीमानाका नजिक सात स्थानमा निर्माण भएका होल्डिङ सेन्टर प्रदेश र �. . .


विराटनगरको लाइफ गार्ड अस्पताल तनाव

विराटनगर । पेट दुखेर उपचारका लागि ल्याइएको बिरामीलाई मृत घोषणा गरेपछि विराटनगरको बरगाछीस्थित लाइफ गार्ड अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले भर्ना गरेका बिरामीलाई मृत घोषणा गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । अस्पतालमा भएको घटनासँग सम्बन्धित थप विवरण भने आउन बाँकी छ । अहिले आक्रोशित आफन्त अ�. . .


विराटले काठमाण्डौं विश्वविद्यालयमा बुझाएको विवरणका आधारमा वीपीको उपकुलपति नियुक्ति लिन गिरीद्वारा प्रोफेसर पद दावी

विराटनगर । विराट अस्पताल प्रा.लि.ले नियमअनुसार काठमाण्डौं विश्वविद्यालयलाई पठाएको प्रोफेसरहरुको विवरण सूचिका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दावी गरेको देखिएको छ । सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेज�. . .


मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

काठमाडौँ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठ. . .


विराटनगरको विष्णुमाया पुस्तकालयमा भोलि निःशुल्क आँखा शिविर हुने

विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रा लि र विष्णुमाया पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । माघ १४ गते शनिबार बिहान १० बजेदेखि विराटनगर-१ नेता चोकस्थित विष्णुमाया पुस्तकालयको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको हो । भास�. . .