देशको खबर

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ । प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नु भएकामा सर�. . .


महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थ�. . .


भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्मको कूल १८ किलोमिटर बुटवल–लुम्बिनी �. . .


माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जिज्ञास�. . .


गोबरग्यासका प्रवर्तक मल्लको योगदान चिनाउने कृति बजारमा

काठमाडौँ । ‘स्व प्रा उपेन्द्रमान मल्लको सम्झनामा, स्मृति ग्रन्थ’ प्रकाशनमा आएको छ । गोबरग्यास क्षेत्र साझेदारी–नेपाल(बिएसपी–नेपाल)द्वारा प्रकाशित सो कृतिमा नेपालमा गोबरग्यासका प्रवद्र्धक मल्ल(विसं १९८९–२०७६)का सम्झनामा राजनीतिज्ञ, विभिन्न विद्वान्, विशेषज्ञ एवं पत्रकारद्वारा नेपाली र अङ्ग्रे. . .


बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा । बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदव�. . .


राष्ट्रियसभामा दुई विधेयक पेश

काठमाडौं । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो । यस्तै राष्ट्रियसभाका अध्यक्ष �. . .


सडकमा पानीको दह !

काठमाडौं । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । �. . .


१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई . . .


फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर�. . .


हल्का वर्षाकाे सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी व�. . .


लामो समयदेखि बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन�. . .