देशको खबर

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।. . .


भारतीय ह्याकर समूहद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक भएको छ । भारतीय ह्याकर समूहले डाटा ह्याक गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराउनुभयो । ‘घोस्ट०५७–५पी ३ सी७०६’ नामक ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ह्याकरले वेबसाइटमा भारतीय झण्डा तथा �. . .


सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू

ईश्वरराज ढकाल, काठमाडौं ।  लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्र�. . .


राष्ट्र बैंकद्वारा पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक

नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । परिपत्रअनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा �. . .


मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई �. . .


प्रधानमन्त्री ओलीद्वारा ईद उल फित्रको शुभकामना, सतर्कता अपनाउन जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाड–पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त . . .


एसईई परीक्षा स्थगन गर्न शिक्षाविद्हरुको सुझाव, पठनपाठन सुरु गर्न माग

काठमाडौं । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसईईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागु गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनो. . .


आज यो वर्षकै गर्मी दिन !

आज यो वर्षकै गर्मी दिन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं लगायत धेरै स्थानहरुमा अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आइतबार विराटनगरको तापक्रम ३२ डिग्री ,  काठमाडौंको तापक्रम ३१ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपायलमा ४० डिग्�. . .


यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने

काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन शुरु हुनुभन्दा एक महिना अगावै द�. . .


नेपालमा १९ जना नयाँ संक्रमित थपिए, झापाका थप एक

अपडेट :  आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्य�. . .


क्वारेन्टिनमा बसेका आफन्तलाई मदिरा पुर्याउनेलाई जरिवाना

चितवन ।  क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए । उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा. . .


मुस्लिम समुदायको इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मुस्लिम समुदायको इद उल फित्रका अवसरमा सोमबार (भोलि) का लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रिपरिषद. . .