देशको खबर

आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइदै

काठमाडौं – ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको छ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउन�. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,चैत्र २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स. . .


कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी यशोदा सुवेदीको गए राति पौने ११ बजे निधन भएको कलाकार किरण केसीले जानकारी दिए । सुवेदीको अहिले साढे ९ बजे दाहसंस्कार गरिने केसीले जानकारी दिए । क्यान्सरबाट पीडित सुवेदीको उपचारकै क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा निधन भएको थियो ।. . .


आफन्त बाटै २ नाबालकको हत्या , दाजुभाईबीचको विवादपछी हत्या भएको हुन सक्ने

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा दुई नाबालकको हत्या भएको छ । त्रिवेणीको डाफ्ला निवासी गणेश विकका ६ वर्षिय छोरा प्रेम बिक र ३ वर्षिया छोरी बसन्ती बिकको आफ्नै अंकल खड्गबहादुर बिकले गएराति हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार रहेका बिकलाई प्रहरीले �. . .


आज शेयरको मूल्य सामान्य अंकले घटेको छ

काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६. . .


मणिपाल शिक्षण अस्पतालमा प्रहरी र कर्मचारीबीच झडप, ७ प्रहरीसहित अस्पताल कर्मचारी घाइते

काठमाडाैं,१९ चैत ।  मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचार�. . .


पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध

पोखरा, रासस । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा ज�. . .


काठमाडौँ उपत्यकामा रगत अभाव

काठमाडौँ, चैत १९ गते । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासि बढ्दा रगतको अभाव देखिएको छ ।  रगतको अत्यधिक रूपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत सङ्कलन कार्य अत्यन्त न्यून रूपमा हुन थालेपछि �. . .


प्रधानमन्त्रीको भारत भ्रमणमा कलाकार राजेश हमाल पनि सहभागि हुने

काठमाडौँ— प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाका�. . .


के हो अप्रिल फुल ? किन ढाँटिन्ट यो दिन

ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन । अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्�. . .


गर्भनिरोधक चक्की खुवाएर १० दिनसम्म सामूहिक बलात्कार

कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि बढ्यो । तर, उनी बसबाट ओर्लिन नै भु�. . .


श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाश तामाङलाई पक्राउ गरेको छ। एक महिनादेखि नैकापस्थित दिदीको घरमा बस्दै आएकी नुवाकोट बेलकोट गढीकी २३ वर्षिया रमिता तामाङको अपरिचित व्यक्तिको छुराप्रहारबाट मृत्यु भएको थियो। हत्यारा खोजी गर्ने क्रममा प्रहरीले मृतकका श्रीमान् प्रकाशलाई पक्राउ ग. . .