देशको खबर

विद्यालय बन्द नगर्न आग्रह

काठमाण्डु, ३० साउन-सङ्घीयताको खाकामा असहमत पक्षले विभिन्न स्थानमा जारी बन्द हडतालका क्रममा विद्यालय बन्दका कार्य नगर्न शिक्षा र बालबालिकाका क्षेत्रमा कार्यरत सञ्जालले  संयुक्त आह्वान गरेका छन् ।   विनासकारी भूकम्पले सिर्जना गरेको त्रासद बालमनोविज्ञानबाट भर्खरै मुक्त हँुदैगरेको अवस्थामा बन्�. . .


प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु

सुर्खेत, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालय�. . .


सुर्खेतमा कफ्र्यू जारी

मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भन�. . .


प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी

प्रबिण दाहाल काठमाण्डौ साउन २५ प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी गरेका छन् । संविधानसभाबाटै सीमाकंनको प्रस्ताव असफल गराउने तयारी पनि भइरहेको छ । उता कैलाली कञ्चनपुर बन्दको आह्वान गरेर थारुहरु सडकमा उत्रिइसकेका छन् । थारु सभासद र मधेसी अगुवाहरुबीच आन्दोलनको कार�. . .


तिनाउ खोलामा खसेको बस निकाल्न सकिएन

प्रबिण दाहाल काठमाण्डौ साउन २५ सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्दबाबा नजिकै ढुंगा माटोसहितको पहिरोले तिनाउ खोलामा खसेको बस डुबेको अवस्थामा भेटाएपनि अहिले सम्म निकाल्न सकिएको छैन । सशस्त्र प्रहरी बल कुरिनटारमा रहेको गोताखोर टोलीले हिजै भेटाएपनि साँझ परेपछि आज बिहानै देखि पुन काम थालेको. . .


मोरङ समाज काठमाडौंद्वारा मन्त्री लालबाबु पण्डितलाई अभिनन्दन

 काठमान्डौ साउन २४ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्र प्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडौंद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँलाई समाजका . . .


सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, साउन २२– सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सूचनाका हकका लागि नागरिक अभियान र फ्रिडम फोरमले राष्ट्रिय सम्मेलनको आयोजना गरेका हुन् । सम्मेलनमा ५५ जिल्लाका एक सय २० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दैै सूचना तथा सञ्चा. . .


अब कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड लाइसेन्स !!

काठमाडौं– यातायात व्यवस्था विभागले आउँदो दशैँ तिहारपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ। सो प्रयोजनका लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ। पाँच वटा अाउने प्रक्रियामा छन्। छपाइको संयन्त्र नेपालमै स्थापना गर्ने ठेक्का पाएको भारतक�. . .


३९ उच्च मावि खारेज

  काठमाडौँ, १८ साउन उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ। दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ। उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २�. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रविन दाहाल काठमण्डौ साउन १८ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ । नयाँ मूल्य अनुसार बजारमा अब पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ ५०. . .


सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने

प्रविन दाहाल काठमण्डौ साउन १८ यसवर्ष सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने देखिएको छ । औषधीका लागि भएको टेण्डर प्रक्रिया प्राविधिक कारणले लम्बिएकाले अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । सरकारले यसअघि निःशुल्क घोषणा गरेको ७० प्रकारका औषधी यो वर्षभित्रै सबै जिल्लामा प�. . .


एमएको परीक्षाफल प्रकाशित

  काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्. . .