देशको खबर

आउँदो आइतबार सार्वजनिक बिदा

सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।. . .


डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक. . .


आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका तीन हजार ५७८ मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। प्रद�. . .


छोराको कुटाइबाट आमाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । म. . .


प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय

काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि अर्को मिति तय गरेको छ । सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझाव. . .


जननिर्वाचित प्रतिनिधिका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचार�. . .


चितुवा मार्न प्रहरी परिचालन

बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका �. . .


प्रदेश नं ६ मा शिक्षा क्षेत्रका भ्रष्टाचारका उजुरी बढी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको �. . .


फेरी अर्को माओवादी पार्टी गठन

काठमाडौं,  भदौ १३ गते । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तकारी) बाट विद्रोह गरी एउटा समूहले नेपाल माओवादी पार्टी गठन गरेको छ ।असार २५ गते २९ जनाले विद्रोह गरी माओवादी राष्ट्रिय युवा संयोजन समिति गठन गरेका थिए । समितिले सोमबार राष्ट्रिय भेला गरेर ठमानसिंह तमाङको अध्यक्षतामा २९ सदस्यीय केन्द्र. . .


अनेरास्ववियू (क्रान्तिकारी) को निर्वाचन आज हुदै

काठमाडौँ, भदौ १३ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्म. . .


आज मौलिक दुर्वाष्टमी गौरा पर्व मनाइँदै

काठमाडौँ, भदौ १३ गते । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर मङ्गलबार सुदूरपश्चिम र मध्यपश्चिमवासीले मनाउँदैछन् । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै य�. . .


सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपच�. . .