देशको खबर

स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको निर्देशन र अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती कम्पनीलाई कारबाही गरिएको हो । प�. . .


दशैंमा पनि विराटनगरका व्यापारी निराश, भन्छन्-‘जोगबनी र अनलाइनले खायो व्यापार’

सोनु साह विराटनगर । नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै बजारमा चहलपहल बढ्ने र व्यापार व्यवसायले गति लिने अपेक्षा गरिन्छ। विशेषगरी दशैं र तिहारको समयमा लत्ताकपडा, शृङ्गार सामग्री, जुत्ता–चप्पल, किराना, पूजापाठका सामग्री तथा फलफूलको कारोबार बढ्ने गर्छ। तर, यस वर्ष दशैंको समयमा पनि विराटनगरका व्. . .


दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादशैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ । नवरात्रभर घर तथा दशैंघरमा दुर्गा सप्तश. . .


सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा जुट्यो लेटाङ प्रहरी

लेटाङ । मोरङको लेटाङ नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लेटाङ प्रहरीले स्थानीय युवासँगको सहकार्यमा अभियान सञ्चालन गरेको छ। इलाका प्रहरी कार्यालय, लेटाङको समन्वय र सावधान युवा समूह, लेटाङको सहकार्यमा लेटाङ बजार, जाते बजार तथ�. . .


पार्टीको नीति र नेतृत्वप्रति इमानदार बन्न नयाँ केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अ. . .


चाडपर्वलाई लक्षित गर्दै आयल निगम विराटनगरले बढायो ग्यास आपूर्ति

विराटनगर । दसैँ नजिकिँदै गर्दा नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीले भने ग्यासको आपूर्ति बढाएको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार मधेश प्रदेशसहित झापाका लागि समेत विराटनगर कार्यालयले ग्यास व्यवस्थापन गर्नुपर्ने भएकोले आयात बढाइएको हो । काठम�. . .


चाडपर्व सुरक्षा अन्तर्गत मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी

विराटनगर । चाडपर्व सुरक्षा केन्द्रीत गरी मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी तय गरिएको छ । जसमा कमाण्ड पोष्टको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङदेखि पैदलगस्तीसम्म छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्. . .


काङ्ग्रेसको मतगणना २३ ठाउँमा

काठमाडौँ। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन�. . .


पहिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु । सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्ब�. . .


गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्र�. . .


बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’

काठमाडौं । असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ । चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार ‘चमेलीको पोई’ ले पहिलो साता ५ लाख ५० हजार २ सय १० रुपैयाँ मात्र कमाउन स�. . .


कार्यालय सहयोगीहरुलाई जीवनरक्षा तालिम सुरु

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता (बीएलएस) सम्बन्धी एकदिने तालिम आजदेखि सुरु गरेको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सरकारी कर्मचारीलाई आकस्मिक अवस्थाम. . .