झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ। धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई . . .
किमाथाङ्का । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भ. . .
काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभ�. . .
काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म�. . .
विराटनगर । विराटनगर–१४ स्थित एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको छ । उद्योगका सञ्चालक सुयेश प्याकुरेलका अनुसार बिजुली हाउस पावर हाउस रुममा सर्किट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्लाष्टिकका सामाग्री उत्पादन गर्दै आएक. . .
काठमाडौँ । नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उहाँले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उहाँलाई साक्षात भगवान् नै मान्दछन् । उहाँले नेपालमा मुटुरोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्. . .
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचा�. . .
विराटनगर । सिराहको मिर्चैयामा विराटनगरका एक युवक मृत फेला परेका छन् । विराटनगर १० घर भएका २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको सिराह प्रहरीले जनाएको छ । पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुध�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उपमहानगरपालिका- ८ का २९ बर्षीय बुद्ध श्रेष्ठ र २३ बर्षीय राकेश प्रध�. . .
झापा । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको �. . .
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने. . .