समाचार

झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९-८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए । सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले �. . .


कोशी प्रदेश : सभामुखले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा दिएका हुन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९�. . .


भारतबाट ग्याँसको मूल्य घटेर आयो

काठमाडौँ । भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा प�. . .


नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड . . .


कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धव थापाले दाबी पेश गर्ने

विराटनगर । नयाँ सरकार गठनका लागि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिन अब २ घण्टा मात्रै बाँकी छ । जसअनुसार सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा पुनः नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आ�. . .


नेपालको पहिलो जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै

काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थ�. . .


कोशी प्रदेशका सभामुख गौतम भन्छन् : राजीनामा होइन, मसँग बोल्ने कुरा नै छैन

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अहिले आफूसँग बोल्ने कुरा नभएको बताएका छन् । सभामुख गौतमलाई राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,‘म सँग बोल्न कुरा नै छैन, छैन, छैन, अहिले राजीनामा भन्दा पनि बोल्ने कुरा नै छैन । ’ कोशी प्रदेश सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभा. . .


प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गर्नुभए पनि सहमति जुट्न सकेन । प्�. . .


विराटनगर महानगरद्वारा तेक्वान्दो खेलाडीको विदाई

विराटनगर । सातौं दिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । यही अगस्त ४ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । कोशी. . .


सिरहाको गोलबजारमा युवकको शव फेला

लहान । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ । गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्न�. . .


एक्काइस प्रतिशतले निकासी घट्यो

काठमाडौँ । सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९-८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। प्रतिनिधिसभा, उद्योग तथा वा. . .


आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २�. . .