समाचार

परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार. . .


गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने द�. . .


विराटनगरमा नेपाल बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम

विराटनगर । ग्लोबल मनी सप्ताहको अवसरमा विराटनगरमा नेपाल बैंक लिमिटेड मिल्स एरिया शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विराटनगर १६ स्थित मिल्स मा.वि.मा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ९० जना विद्यार्थीहरु सहभागी भएका थिए।. . .


झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

बनियानी । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्न�. . .


पदम लिम्बूको मृत्युको कारण बन्यो ‘अश्रुग्यास’

सुजता लिम्बू विराटनगर । प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा अशान्ति छाएको छ । प्रदेश १ पुनःनामाकरण संयुक्त संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रमहरु आयोजना गरिहेका छन् । आन्दोलन र विरोधकै कार्यक्रम अन्तर्गत चैत्र ५ गते आइतबार विशाल विरोध प्रदर्शन भयो । सोही दिन स्थानीय प्रशासनल�. . .


अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह. . .


विराट टिचिङमा स्तन क्यान्सरको सफल उपचार

विराटनगर । उनी बिरामी जस्तौ बिल्कुलै देखिएकी थिइनन् । सायद उपचारपछि घर जाने हर्षले होला उनको अनुहारमा चमक बेग्लै थियो । एकपटक मृत्युको मुखमा पुगेर फर्किएकी मोरङ लेटाङ निवासी ४५ वर्षिय परिवर्तन राई विराट मेडिकल कलेजदेखि डिस्चार्ज भएर घर फर्किन लाग्दा बाँकी उमेर हाँसीहँसी जिउन सक्ने आँट पलाएको छ । दश. . .


झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

झापा । हाइ हिमालयन अग्र्यानिक प्रालिले शिवसताक्षी नगरपालिका–८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ । रासायनिक मलको अभाव बर्सेनि हुँदै आएको अवस्थामा त्यसको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले रु ६० लाख लगानीमा कारखाना स्था�. . .


क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ । विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साध�. . .


सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिनुभयो । विसं २०१८ मा रे. . .


हात्ती हरायो

ओहो! अजिब रैच यो हात्ती आजकाल चर्छ पनि धेरै यो हात्ती । हिजो अस्ती हात्ती हुनेका ठाँटबाट नै बेग्लै थियो आज हात्तीको पनि मोल घटेछ बरै ।। हात्ती चर्न त जान्छ निकै फर्किदा हरिण हुन्छ बरै । जंगल पनि अब त मासिदै छ कठै शहररुपी कोलाहलमा हात्ती भक्कानीदैछ कतै ।। अब हात्ती हरायो आफ्नै अस्तित्वको खोजीमा । च�. . .


सिरहामा इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

लहान । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्�. . .