समाचार

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना �. . .


विराटनगरमा सम्पन्न ५४ औं संस्करणको राधाकृष्ण रथयात्राको (फोटो फिचर)

विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा शनिबार सम्पन्न भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको थियो । र ाधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको थियो । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्पर�. . .


प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा विष्णु प्रसाद आचार्य

विराटनगर । प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघको गठन गरिएको छ । शनिवार इटहरीमा प्रदेश नं. १ मा माछा पालन गर्ने किशानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी मुलुकबाट हुने आयातलाई न्युनिकरण गर्द�. . .


नेता गिरीको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्�. . .


पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घ�. . .


साँसद प्रदिप गिरीको निधनको शोकमा लहान नगरपालिकामा बिदा, शोकमा बजार बन्दको आह्वान

नेपाली काँग्रेसका नेता तथा सिरहा क्षेत्र नम्वर १ का साँसद प्रदिप गिरीको निधन भएको शोकमा लहान नगरपालिकाले बिदा दिएको छ । नेता गिरिकाे निधनकाे  शोकमा बजार र क्याम्पस पनि बन्द भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मायानाथ आचार्यले विज्ञप्ति जारी गरेर लहान नगरपालिकाभित्र शैक्षिक संस्था, स्वास्थ्य स. . .


कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थि. . .


प्रदेश नं १ का यी जिल्लामा आजबाट बालबालिकालाई फाइजर खोप दिईने

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरक�. . .


धनकुटामा पाँच किलो गाँजासहित एक युवक पक्राउ

धनकुटा । प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको �. . .


नेता गिरीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा आज राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्. . .


सप्तरीमा बेवारिसे शव फेला

सप्तरी । सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्�. . .


महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडियो

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडिएको छ । मुलुकमा स्थानीय सरकार आएसँगै गाउँपालिका तथा नगरपालिकामा कार्यालय गाभिएपछि लगाइएको ताला आज फोडिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथ�. . .