सोलुखुम्बु । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण. . .
विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना. . .
काठमाडौँ । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्�. . .
खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ आउनुहुने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उहाँ खोटाङ आउनुहुने भएको हो । प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम. . .
विराटनगर । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई शिक्षक मनोजप्रसद पौडेलले बलात्कार प्रयास गरेको आरोपमा भड्किएको भीडले आक्रमण गर्दा एकजना प्रहरीको मृत्यु तथा १८ जना प्रहरी घाइते भएका छन् । शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमा�. . .
विराटनगर । मोरङको लेटाङमा आज विहान ७ बजेदेखि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । आइतबार स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म�. . .
विराटनगर । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमु. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ०.५६ प्रतिशतले घटेको हो।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्. . .
विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले आइतबार एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्र २०७८मा भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई माला र खादा ओढाएर सम्मान र स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रा�. . .
विराटनगर । एक युवालाई अपहरण गरेर फिरौती रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सप्तरी घर भई विराटनगर–४ कंचनबारीमा डेरी गरि बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारसँग दुई लाख रुपैयाँ फिरौति रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्�. . .
सुर्खेत । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका निवर्तमान सांसद ठम्मर विष्ट सहित कार्यकर्ताहरुको टिमसहित नेकपा (एमाले) मा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका हुन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आइतबार आय�. . .
धनुषा । धनुषामा पोखरीमा डुबेर एक बालकको र करेन्ट लागेर एक युवकको गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरधाम उपमहानगरपालिका–११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । जानकी चोकस्थित अंगराज सर पो�. . .