समाचार

शेयर बजारको ओरालो यात्रा कायमै

विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका �. . .


जुनार उत्पादन बढ्ने भएपछि सिन्धुलीका किसान दङ्ग

बाबुराम देवकोटा रतनचुरा (सिन्धुली) । गत जेठ महिनामा परेको असिनापानीले जुनारका चिचिला झर्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका– ५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलको मन अहिले शान्त बनेको छ । जेठ महिनामा दुई पटक असिनापानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून�. . .


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु-याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्�. . .


मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिच�. . .


एमालेको एक सय रुपियाँ सङ्कलन अभियान आजदेखि सुरु हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपियाँ सङ्कलन अभियान आजैदेखि सुरु हुने भएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपियाँ सङ्कलन गर्नुपर्ने बताइए अनुरु. . .


फाइनल प्रवेश गर्न आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

दुबई (युएइ) । आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बिहिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ । चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । क्रिकेटका अन्य दुई संरचना टेस्ट र एकदिवसीयमा दबदबा बनाइसकेको अस्ट्रेलियाले टि२० क्रिकेटमा भने सफलताको स्वाद चाखेको छै�. . .


माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आउनुभएको छ । उहाँका �. . .


नेपालले खरिद गरेकाे ७३.४ प्रतिशत काेभिडविरूद्धकाे खाेप लगाइयाे

महिमा देवकोटा/गाेरखापत्र काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् । अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९�. . .


बाजुरामा दुई पुरूष मृत भेटिए

बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भ�. . .


विराटनगर रानी भट्टीमोडबाट १ लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोडबाट घरमा तास खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय लक्ष्मी लामाको घरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा पुगे�. . .


मुस्ताङको आकर्षण स्याउ पछि आलु

गलकोट । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको मा. . .


दुर्घटनामा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअ�. . .