समाचार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९९ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई रुपियाँ छ । यसको मूल्य बि�. . .


प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ ब. . .


मनिङवाकमा निस्किएका देउजालाई सवारी साधनले ठक्कर दिदाँ मृत्यु, ठक्कर दिने साधन फरार

विराटनगर । विराटनगर-९ का सामाजिक अभियान्ता ४२ पुष्पा देउजाको मनिङ वाकको क्रममा सवारी साधनले ठक्कर दिदाँ मृत्यु भएको छ । आज विहान ५:५० को समयमा विराटनगर १४ मलाय रोड एमएम प्लाष्टिक उद्योग छेउमा नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएर घाईते देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरील�. . .


आजदेखि विराटनगरमा विराटनगर ‘ट्रेड एक्स्पो’

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने विराटनगर ‘ट्रेड एक्स्पो’ आजबाट सञ्चालन हुने जनाएको छ । चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् । मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरि एक्स्पो�. . .


मृतक मतदाताको नाम हटाइयो

बाँके । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । ए. . .


बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएक. . .


निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

गलकोट । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ । बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध म. . .


नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौँ । पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्�. . .


अझै तीन दिन मौसम सफा नहुने

काठमाडौँ । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो । . . .


सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिए : ५८१ मतदान केन्द्र

इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ म. . .


नेप्सेमा बिहीबार दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ�. . .


विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .