समाचार

आइतवार बस्ने संसद् बैठकले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने हुनुभएको हाे। आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस�. . .


मोरङको केरावारीबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । मोरङको केरावारी गाँउपालिका वडा ७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाध�. . .


व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

काठमाडौं । अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा.नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ । त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक�. . .


बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण हुँदै

मनाङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ। जिल्लाको नासोँ गाउँपालिका–. . .


ताप्लेजुङमा आगोले जलेर एक वृद्धाकाे मृत्यु

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा आज बिहान भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया वृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ । बिहान करिब ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृ�. . .


‘सरकारले अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने कानुन ल्याउँदैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत र�. . .


सुदूरपश्चिममा जहाज चल्यो,यात्रुलाई सहज

काठमाडौं । सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिनुभएको थियो । अह�. . .


नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो । पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रित छ�. . .


प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक शुत्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप. . .


कुलमान घिसिङको जीवनीमा प्रेरित म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने स�. . .


संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो । संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय �. . .


सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २ हजार ६ सय पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले बढेर एक लाख दुई हजार छ सय पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय तोकिएको छ । य�. . .