समाचार

ट्रिफरको ठक्करबाट दुहबीमा बालिकाको मृत्यु

दुहबी । सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालि�. . .


राष्ट्रिय बाल दिवसमा राउण्ड टेबलको कार्यक्रम देशैभरि

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाल�. . .


प्रदेश मन्त्रिमण्डल विस्तार

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाइएको हो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक. . .


प्रदेश १ को संसद अधिवेशन असोज २२ गते बोलाउन सिफारिस

बिराटनगर । प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङका अनुसार असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्�. . .


विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .


प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण . . .


विराटनगरमा ६३ सहित प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, ध�. . .


दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थान�. . .


जग्गाको बैना लिएर अर्कैलाई पास गर्ने धरानका कटुवाल पक्राउ, मोरङका दाहाल फरार

विराटनगर । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्�. . .


सरकारकै कारण बजेट होलिडेको अवस्था : नेम्वाङ

विराटनगर । नेकपा एमाले दलका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्था आएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले समयमै बजेट पास गर्न सरकारले नदिएको बताउनु भएको हो । यसअघि एमाले विभाजनका लागि हतार–हतार अधिवेशन अन्त्य गरेको बताउँदै समयमा नै बजेट . . .


रंगेलीको दोहमना बजारमा पशु बजारको निर्माण अलपत्र छोडे ठेकेदारले

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा पुरानो घर टहराहरु हटाएर नयाँ बनाउन सुरु गरेको भवन ७ महिना बितिसक्दा समेत अगाडी बढ्न सकेन । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुरले पशु बजारको लागि निर्माण गरिने भवन अलपत्र परे�. . .


सुर्खेतमा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार ग�. . .