काठमाडौं । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज भएको १३औँ सभामा उहाँले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीब. . .
काठमाडौं । कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको. . .
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धम�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्से�. . .
विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । राटनग�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .
विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .
नुवाकोट । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका वडा ७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट �. . .
बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित हुनुभएको छ । तर उहाँमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ । महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उहाँ सङ्क्रम�. . .
अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद . . .
बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ । सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए । साथै एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी बजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको ग�. . .
मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनः हिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन । यहाँको सडकको हिउँ हटाउन नप�. . .