समाचार

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न प�. . .


विराटनगर भन्सारबाट हुने आयात–निर्यातमा रुट परिवर्तन, सुनसरीको सेतुबन्धबाट बुधबारदेखि मालवस्तु भित्र्याईने

विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो. . .


मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित

मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनी�. . .


जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । देशव्यापी खो�. . .


दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

चरिकोट । नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्�. . .


हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी न. . .


युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको सासोलीका . . .


तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास बढ्यो

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा वस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेप�. . .


नेता माधवकुमार नेपाललाई कोरोनाभाईरस संक्रमण

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाईरस संक्रमण देखिएको छ । अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ घरमै आराम गरिरहनुभएको गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका ला�. . .


इन्टरनेट प्रदायकसँग एक करोड असुली

विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु.९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्�. . .


चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

चितवन । जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयक�. . .


बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी

बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सा�. . .