अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । उहाँहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ ।क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो । क्रेमलिनका प्रवक्ता दिमित्र. . .
मध्य चिलीको ओ'हिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ । ओ'हिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको �. . .
इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ । बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएक. . .
बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअन�. . .
भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो �. . .
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहु�. . .
काभ्रेपलाञ्चोक । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देख�. . .
विराटनगर । विराटनगरमा २ दिनदेखी फोहोर संकलन गर्ने मजदुरहरुले आन्दोलन गरेका छन् । दैनिक २ सय ६० मा रोजी र मासिक ८ हजार मात्रै तलव पाउने गरेका कारण बुधबारदेखी विराटनगरमा फोहोर संकलन गर्दै आएका मजदुर तथा कर्माचारीहरुले काम रोकेर आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालीकाले अहिले ३ वटा निजी कम. . .
विराटनगर । आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मन�. . .
चितवन । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भए�. . .
म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले ग�. . .
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को स्थापना दिवसका अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा पत्रकार र खेलकुद विकास परिषद्का पदाधिकारी तथा कर्मचारीब�. . .