समाचार

झापामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ३ जना घाईते

झापा । झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि ३ जना घाईते समेत भएका छन् । बिहीबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प अगाडी बिर्तामोडदेखि भद्रपुर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्क. . .


लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध मुद्दामा सुनसरीको धरान उप–महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिद्दिकी र चोरी मुद्धामा मोरङको कटहरी गाउँपालिका १ का २३ बर्षीय सुरज कामतलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सुनसरी र मोरङ अदाल�. . .


२२३ जना नयाँ सङ्क्रमित, शून्य मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार चार सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स. . .


सर्वोच्चमा बिहीबार पनि सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भएको हो । बुधबारबाट सर्वोच्चमा गोला प्रथाबाट मुद्दाको पेशी तोकिएको थियो । तर, कायममुकायम प्रधानन्यायाधीश कसला�. . .


ओमीक्रोनबिरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह

जानु पाण्डे कपिलवस्तु । कोरोना भाइरसले संसारभरिको वातावरण आक्रान्त भएकावेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्नुह�. . .


थप २९८ जनामा सङ्क्रमण पुष्टि, छ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८९२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .


व्यवसायिक बट्टाई पालन शुरु

चन्द्र पन्दाक ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ । �. . .


साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

एजेन्सी । साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्. . .


भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

एजेन्सी । भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भ�. . .


राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

कर्णाली । कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो । यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछ. . .


महिलाहिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने �. . .


विराटनगरस्थित बिग होटलको सेवा सुविधा विस्तार हुँदै : अब क्यासिनो, हेल्थ क्लब र इन्डोर स्वीमिङ पुल पनि थपिने

विराटनगर । विराटनगर–९ स्थित रोडशेषमा अवस्थित बिग होटलले आफ्नो थप सेवा विस्तार गर्ने भएको छ । होटलले क्यासिनो, इन्डोर स्विमिङ पुल, जिम क्लब, स्पा, साउना, स्टीम बाथ र हेल्थ क्लब सहितका सेवा विस्तार गर्न लागेको हो । काठमाडौंका ऊर्जा व्यावसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जग्गामा ५० करोडको लगानी�. . .