समाचार

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु �. . .


६५ घरमा ‘एक घर एक धारा’

बागलुङ । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क. . .


लागुऔषधसहित पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थ. . .


अवैध काठसहित तीन पक्राउ

डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देव. . .


सुदूरपश्चिम : थप पाँच जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८० जनाको नमुना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार एन्टीजेन विधिमार्फत कैलालीका तीन तथा बैतडी र कञ्चनपुरका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो �. . .


विराटनगरमा पनि किराँत धर्मालम्वीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

विराटनगर । किराँती धर्मालम्बीहरुले विराटनगरमा आफ्नो महान् चाड उधौँली पर्व आईतबार धुमधामले मनाएका छन् ।प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थाले. . .


साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको �. . .


बम विस्फोटमा दुई जनाको मृत्यु, पाँच घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । बाजौर जिल्लाको कमर सार क्षेत्रबाट राजनीतिक दलका कार्यकर्ता बोकेको गाडी गुड्ने क्रममा �. . .


पछिल्लो २४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ �. . .


जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

मनाङ । चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् । बाढीले क्षति पु¥याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बस. . .


विराटनगरका उद्योगीको गुनासो : एलसी खोल्नै मान्दैनन् बैंक

विराटनगर । तरलताको अभाव देखाउँदै वाणिज्य बैंकहरुले लगानीमा आनाकानी गरिरहेको उद्योगीहरुले गुनासो गरेका छन् । बैंकहरुले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चाको अभाव हुने स्थिति आएको उनीहरुले दावी गरेका हुन् । बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटन�. . .


टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ । नगरपालिकाका प्रमु�. . .