दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठन. . .
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्व. . .
विराटनगर । विराटनगर २ मा रहेको विराटनगर अस्पताल ( नर्सिङ्ग होम) अगाडीका दुईवटा फार्मेसी मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गरिएको छ । समर फार्मेसी र सिंहदेवी फार्मेसीलाई सोमबार बन्द गरिएको हो । औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काका अनुसार समर फार्मेसीमा फर्मालिष्ट पढे�. . .
कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिनुभयो । महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उहाँले बताउनुभयो. . .
उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्�. . .
विराटनगर । विराटनगरस्थित कोवास कलेजले कक्षा ११ मा यस शैक्षिक सत्र २०७७ मा नयाँ भर्ना हुन चाहने चारसय जना विद्यार्थी छात्रवृति दिने भएको छ । कलेज व्यवस्थापन समितिको निर्णय अनुसार यस शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृति दिने भए. . .
विराटनगर । विराटनगर महानगरपालिका–१२ कलेज रोडबाट विराटनगर–१६ का ६१ वर्षीय रामु मण्डल ब्राउन सुगरसहित पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले सोमबार अपरान्ह ४ बजे ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो । विशेष सुचनाका आधा�. . .
विराटनगर । १४ औँ विश्व रेबिज विरुद्ध दिवसको अवसरमा विराटनगरका स्थानीय युवाहरुले सडकमा खुला छाडिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएका छन् । युथ हेण्ड फर भ्वाइसलेस विराटनगरको आयोजना तथा हिन्दु जागरण नेपाल मोरङ महिला विभागको सहयोगमा विराटनगरको संसारी माइस्थानमा कार्यक्रमको सुरुवात गरिएको थिय�. . .
विराटनगर। बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् । उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिन�. . .
विराटनगर । प्रदेश १ मा आज ८३ जनाकोरोना संक्रमितथपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा७महिला७पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा . . .
कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित �. . .
विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उ�. . .