समाचार

विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

नवराज कट्टेल विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना . . .


३३ किलो सुन प्रकरणमा जोडिएका खड्कालाई यूएईबाट नेपाल ल्याईयो

विराटनगर । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई यूउईमा पक्राउ गरि शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्ष�. . .


घरबाट लडेर धोनियाको मृत्यु

विराटनगर । झापा दमक–८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउसो पौने २ बजे दमक–६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै गर्ने क्रममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको हो । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनिया. . .


प्रदेश १ मा ७ डिस्चार्ज, १३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पुरुष र झापाको भद्�. . .


प्रहरीलाई धम्की दिएर तस्करी गर्ने विराटनगरका रामजी पक्राउ

विराटनगर । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर –१५ का ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको छ ।मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मरिच र मटर भारततर्फ र रजनीगन्धाको न�. . .


बदलीसँगै अझै तीन दिन मुलुकभर वर्षा हुने, विराटनगरमा विहानैदेखी वर्षा

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । [caption id="attachment_120116" align="alignnone" width="756"] विराटनगरमा विहानैदेखी परेको अविरल बर्षाको बेला रेनकोटको साहारामा स्कुट�. . .


नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमान्डौँ । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो । काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भ�. . .


सेतीवेणीको विश्वकै ठूलो शालिग्राम शिला कालिगण्डकीले डुबायो

विराटनगर । लगातार परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला परिसर डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको शालिग्राम शिलालाई कालिगण्डकी नदिले घेरेको हो । शिला क्षेत्रको परिसर डुवानमा परेसँगै यहाँका पुजारी तथा पण्डितहरु विस्थाप�. . .


विराटनगरको राधाकृष्ण रथयात्रा स्थगित

विराटनगर । धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष रोकिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले स. . .


पश्चिमबाट वर्षा पूर्वतर्फ सर्दै

विराटनगर । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २ र ३ लगायत पूर्वी नेपालमा शनिबारदेखि तीन दिनसम्म भारी वर्षा हुने जानकारी दिइएको छ । पश्चिम पहाडी भेगमा वर्षा कम हुँदै जाने तर पूर्वी पहाडी र तराईमा भने भारी वर्षा हुने अनुमान गरेको हो । देशभर केही दिनदेखि जारी वर्षा केही दिन कायम नै रहने वरिष्ठ मौ�. . .


सप्तकोशी नदीमा जलसहत बढ्दो, नदि तटिय क्षेत्रका नागरिकलाई सचेत रहन बाढी बुलेटिन

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह खतरा उन्मुख हुँदै गएको भन्दै कोशी ब्यारेज कन्ट्रोल रुमले प्रदेश १ र २ का नदी तटिय क्षेत्रका बासिन्दालाई सावधानिपूर्वक बस्न आग्रह गरेको छ । शनिबार कन्ट्रोल रुमले बाढी बुलेटिन सार्वजानिक गर्दै भनेको छ–प्रदेश नं १ र २ मा आगामी ४८ घण्टा भारी वर्षा हुने, कोशी नदीको बहा�. . .


लायन्स क्लव अफ पाथिभराको रक्तदान कार्यक्रम

विराटनगर । रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मकालु टेलिभिजन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिएकी हुन् । यसअघि स. . .