समाचार

मोरङ र सुनसरीका कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या

पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर . . .


देशकै धेरै मतदाता मोरङमा , मतदान केन्द्र थपियो –मतदान स्थल पुरानै कायम

सुमन सुस्केरा ७ कात्तिक, विराटनगर मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ । मोरङमा ३ सय मतदान स्थलमा ८९ वटा मतदान केन्द्र थपिएको हो । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका अनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान स्थलको . . .


बिराटनगरमा हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा

बिराटनगर कार्तिक ७  , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ  । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।  “म्युजिकल फेस्ट २०७४” मा  चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड . . .


छठका लागि बजारमा चहलपहल बढ्यो

राजविराज, रासस । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरे�. . .


भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबा. . .


बिराटनगरमा ठुलो परिमाणको मदिरा बरामद 

मोरङ, कार्तिक ७ , इलाका प्रहरी कार्यालय रानीले सोमवार अबैध मदिरा बरामद गरेको छ। "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” अर्न्तगत रानीबाट खटिएको टोलीले दिउँसो ठुलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। दिउँसो साढे ३ बजे देखी पौने ५ बजे सम्मको समयमा बिराटनगर महानगरपालिका १७ मा रहेका बस्ती,. . .


इटहरीमा बसको ठक्करबाट टेम्पो चालककको मृत्यु

सुनसरी, कार्तिक ०७, सुनरीको इटहरी उप-महानगरपालिका ४ स्थित हलगडामा काठमाण्डौबाट धरान जाँदै गरेको को ७ ख ५७०५ बसले दिउँसो १ बजेतिर को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा टेम्पोका चालक धरान-८ बस्ने ३५ बर्षिय अमित तामाङ रहेका छन्। गम्भिर घाइते उनको विपी कोइराला �. . .


श्रीमानको कुटाइबाट श्रीमती गम्भिर घाइते

उदयपुर, कार्तिक ०७. उदयपुरको ताप्लि गाउँपालिका- ४ खोलागाउँ बस्ने ३२ बर्षिया ज्ञान कुमारी मगर सोमबार आफ्नै श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी छिन्। उनलाई ३४ बर्षिय श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा दिउँसो २ बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते ज्ञान कुमारीलाई उपचारकोलागी व�. . .


बिराटनगरमा १ लाख बढी नगदसहित ६ जुवाडे पक्राउ

मोरङ, कार्तिक ०७, विराटनगर महानगरपालिका-११ स्थित नारायण शाक्यको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार १ लाख बढी नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका १० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवा�. . .


छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

विराटनगर, कात्तिक ७ गते ।  लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी स्नान गरी अरूवा अरूवाइन खाने ग. . .


जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्व. . .


डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु

डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता ह. . .