बिराटनगर असार २३ , विराटनगर उपमहानगरपालिका भित्र प्लास्टिकका झोलाको प्रयोग कम गर्न २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराट भिजनको आयोजना र विराटनगर उपमहानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको गोष्ठीमा नागरिक समाज , सञ्चारकर्मी , टोलसंगठनका प्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधि सहभागी �. . .
इनरुवा असार २३ , सुनसरी सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको छ। इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुदै आएको पानीका दुईवटा पम्प खराब भएको कारण खानेपानी सेवा बन्द भएको हो । खानेपानी संस्था इनरुवाका अनुसार मर्मत कार्य जारी रहेको छ र मर्मत नभए सम्म खानेपानी सेवा बन्द रहने जानकारी दिएको छ।. . .
बिराटनगर असार २३, मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटाइबाट अन्दाजी ४० वर्षका हरिबहादुर कार्कीको मृत्यु भएको छ। बेलबारी नगरपालिका ६ बस्ने आशिष राईको कुटपिटबाट टाउकोमा चोट लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राईलाई भने प्रहर�. . .
बिराटनगर असार २२ , बिराटनगर-२० मा रहेको दरैया बस्तीमा जग्गा सम्बन्धि विवाद भएर कुटपिटबाट ९ जना घाइते भएका छन । स्थानीय सन्तोष पाण्डे र सुर्यनारायण कामतबिच जग्गाको सिमानाको विषयमा झगडा भएको थियो । घाइते सबैको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।. . .
बिराटनगर असार २१ , सप्तरीको बेलीचपेना-७ का एक व्यक्तिले आफ्नै श्रीमतीलाई तेजाब हालेर घाइते बनाएका छन । श्रीमती बेतनीदेवी राम सप्तरी हर्दिया -८ स्थित माइतीघर बाट घर जान नमानेको भनी श्रीमान अमल राम तेजाब फ्याकेर फरार भएका थिए । घाइतेको लाहानमा उपचार भइरहेको र फरार अलमको खोजीकार्य भइरहेको छ ।. . .
बिराटनगर असार २१ , बिराटनगरका महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस एकआपसमा गाभिने भएको छ । स्नातकोत्तर क्याम्पसमा बिद्यार्थी संख्या निकै न्यून रहेको कारणले गाभिन लागेको हो । दुबै क्याम्पस त्रिभुवन विश्वबिद्यालयका आंगिक भएकोले गाभिन सजिलो हुने बताइएको छ । २०४१ साल सम्म महेन्द्र मोरङ कलेज म. . .
बिराटनगर असार २१, बिराटनगर राउण्ड टेबल १५ को अध्यक्षमा विनोद अग्रवाल चयन भएका छन । त्यसैगरी समितिको उपाध्यक्षमा प्रदिप नवेटिया , सचिवमा रुपेश अग्रवाल र कोषाध्यक्षमा सुमित अग्रवाल र अतिरिक्त अध्यक्षमा अभिषेक तोदि चयन भएका छन । निवर्तमान अध्यक्ष राजेश बगाडियाले अग्रवाललाई एक समारोह बिच पद हस्तान्तरण �. . .
बिराटनगर असार २० , इलामका २७ गाविसमा 'मोबाइल हेल्थ" कार्यक्रम संचालनमा आएको छ । यस कार्यक्रम अन्तरगत गर्भवती महिलाले कुन कुन समयमा गर्भको परिक्षण गराउने , खोप लगाउने , गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाट जानकारी पाइने भएको छ ।. . .
बिराटनगर असार २० , बिराटनगरमा सडकबत्ती सौर्य उर्जाबाट बाल्न बिराटनगर उपमहानगरपालिकालाई स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख रुपैया प्रदान गरेको छ । विगत केही वर्ष देखि सौर्य उर्जाबाट सडक बत्ती बाल्ने योजना उपमहानगरपालिकाको भएपनि बजेट अभाव र सडकबत्ती जडान गर्ने कम्पनी बिचमै भागेपछि काम रोकिएको थ. . .
बिराटनगर असार २० , केही हप्ता अघि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका बिराटनगरका तीन जना डाक्टर धरौटीमा छुटेका छन । जिल्ला अदालत मोरङले चिकित्सकहरु संजय दास , मोहम्मद अबुल कलाम र लिलि राजवंशीलाई धरौटीमा रिहा गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरि काठमाडौ ल्याएका डाक्�. . .
बिराटनगर असार १७, इनरुवामा रहेको जानकी पार्टी प्यालेसका एक कामदारको शव सोही पार्टी प्यालेसको शौचालयमा फेला परेको छ। शव ४० वर्षीय जीवन स्वर्णकारको रहेको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाँटीमा मासु अड्किएको पाइएको छ ।. . .
विराटनगर - असार १६, बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक�. . .