समाचार

बरगाछीमा मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते

बिराटनगर माघ ११ , मोरङको विराटनगर स्थित बरगाछीमा को १६ प ९१७७ नम्बरको मोटरसाइकल र BR11Z 1660 नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्। घाइते हुनेमा भारतीय मोटरसाइकल चालक भारत लकितराई-५ बस्ने २४ बर्षिय हर्जे सिँह, पछाडी सवार भारत समस्तिपुर-६ बस्ने २३ बर्षिय भन्गेश कुमार र ९१७७ का चालक मो. . .


ग्यास विक्रेता संघ मोरङद्वारा ग्यास सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धिगर्न माग

विराटनगर १० माघ । एलपी ग्यास विक्रेता संघ मोरङले कमिशन वृद्धिको माग गरेको छ । ग्यास विक्रेता संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी एउटा ग्यास सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धिगर्न माग गरेको हो । दशककौ देखी ग्यासको मुल्यमा वृद्धि हुदै आएपनी लामो समयदेखी दिदै आएको कमिशनमा भने वृद्धि नभएको भन्दै. . .


पहिलो पटक नेपाल र भारतमा संयुक्त कार र्याली हुने

प्रेम देवान विराटनगर १० माघ । पहिलो पल्ट नेपाल र भारतमा संयुत रुपमा कार र्यालीको आयोजना हुने भएको छ । विराटनगरदेखि भारतको सिलीगुडीसम्मको प्रथम इन्डो नेपाल कार र्याली आयोजना हुन लागेको हो । सिलिगुडी लायन्स क्लव आफ सिलिगुडी ग्रेटर फिमिनाको आयोजना एव लायन्स क्लव अफ डिस्ट्रीक ३२५ ए वान नेपालको संयोजनम�. . .


विपन्न वर्गलाई जाडोमा कम्बल वितरण

प्रेम देवान विराटनगर १० माघ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले जाडोलाई छेक्न विपन्न र असाहयलाई न्यानो कम्बल वितरण गरेको छ । विराटनगर २० मा रहेको रानी यूवा क्लबमा सोमबार एक कार्यक्रमका बीच उक्त क्षेत्रका दक्षिणीभेगका ६२ जनालाई कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए । �. . .


अमेरिकामा आँधीबेहरीका कारण १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसमसँगैको आँधीबेहरीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ ।जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौस. . .


झापाको भद्रपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा, माघ १० जङ्गली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका-२ मा आइतबार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेकी छिन्। विहान ११ बजेतिर घरनजिकै रहेको मायालु वनमा दाउरा खोज्न गएकी लिम्बू बेलुका अबेरसम्म नफर्कीएपछी खोजी गर्ने क�. . .


विराटनगर-२१ बाट लागुऔषधसहित एक पक्राउ

मोरङ, माघ १० मोरङको विराटनगर-२१ बाट प्रहरीले आइतबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-११ जोरसखुवा बस्ने रंजित विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतीयबजार जोगबनीबाट नेपालतर्फ आउदै गर्दा भन्सार. . .


शिक्षादीप स्पोर्टस् सप्ताह शुरु

१० माघ, विराटनगर÷ विराटनगर – १४ मा रहेको शिक्षादीप कलेजको आठौ वार्षिक उत्सवको अवसर पारेर शिक्षादीप स्पोर्टस् सप्ताह शुरु भएको छ । कलेज परिसरमा आज सोमबार पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआईजी केशरीराज घिमिरेले उद्घाटन गरि सप्ताह शुरु भएको हो । सोमबार भएको म्याराथुन दौडमा तीन किलोमिटर छ. . .


नेवार समाज गठन

विराटनगर वडा नम्बर ७ मा नेवार समाज गठन भएको छ । शनीवार बिराटनगर ७ मा रहेका नेवार समुदायको भेललाले नेवार समाज वडा स्तरिय नेवार समाज गठन गरेको हो । प्रारम्भिक समितिको संयोजकमा सञ्जय श्रेष्ठ रहनु भएको छ भने सह संयोजकमा राजकुमार श्रेष्ठ, सचिव राजु श्रेष्ठ, सह सचिव ओम प्रधान, कोषाध्यक्ष सर्मिला श्रेष्ठलाई च�. . .


पुर्वान्चल स्तरीय अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिस्ठान को संयुक्त आयोजनामा यहि माघ २८ गते देखि हुन गहिरहेको दोस्रो बिना स्मृति कप अन्तर कलेज बास्केटबल प्रतियोगिताको तयारी स्वरुप आज बि के भि एम स्कुलमा आयोजक विराटनगर बास्केटबल एकेडेमी र युनाइटेड ब्रदर्स इटहरी टिम बिच मैत्रीपूर्ण बास्केटबल खेल सम्पन्न . . .


जवाफदेहिता सम्बन्धी फोटो प्रर्दशनी सम्पन्न

प्रेम देवान विराटनगर ७ माघ । नागरिकलाई फोटोको माध्यमद्धारा जवाफदेहिता सम्बन्धी सचेत गराउने उद्देस्यले आयोजना गरिएको फोटो प्रतियोगिता तथा प्रर्दशनी सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा शुक्रबार आयोजना गरिएको प्रतियोगीता तथा प्रर्दशनीमा विरगन्जका सुशिल कुमार शाहले जुरी एवार्ड प्राप्त गरे. . .


बिराटनगरको ईडेन स्कुलमा खेल सप्ताह सम्पन्न

बिराटनगर माघ ७ , विराटनगर ४ स्थित ईडेन नेशनल बोर्डिङ स्कुलले एक साता अघि देखि हुदै गरेको खेल सप्ताह आज समापन गरेको छ । विभिन्न खेलमा सारिक कक्षा नर्सरी देखि कक्षा आठ सम्मका प्रथम , द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई स्कुलका संचालक घनश्याम पोख्रेल,  विश्वकान्त दाहाल , प्रिन्सिपल सि. एम. बस्नेत लगाायत श�. . .