पुर्व

संखुवासभाको पहिचान पाङमाली ‘सरुवा’

सुजता लिम्बू विराटनगर । पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा पर्यटकीय हिसाबले जति परिचित छ , त्यति नै त्यहाँ पाइने ‘सरुवा’ (कोदोबाट बनिएको पेय पदार्थ) ले पनि उत्तिकै परिचित छ। हुन् त मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि त्यति फाइदाजनक नहुँदो हो। तर सरुवा विशेषगरी राई समुदायको विविध सांस्कृतिक क. . .


‘कानुनले प्रहरी अधिकृतलाई पनि छोड्दैन’

विराटनगर । गल्ति गरे प्रहरी अधिकृतले पनि सजाय भोग्न तयार हुनुपर्छ । हुन त घटना जानेर गरिँदैन अन्जानमा भएको गल्तिले पनि कहिलेकाँही सजायको कठघेरामा उभिन बाध्य बनाइदिन्छ । कात्तिक २४ गते राति करिब ९ बजे नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल सवार गाडी र मोटर साइकल एकआपसमा ठोकिदा मोटरसाइकलम�. . .


जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलवार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको से�. . .


झापाका ईटा उद्योगमा मन्दी

झापा । आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरह�. . .


उर्लाबारी आगलागी घटनामा घाईते एकजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी–७ मा गत कार्तिक २६ गते लक्ष्मीपूजा राति भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका स्थानीयवासी तपन पण्डितको उपचारको क्रममा मृत्यु भएको छ । छिमेकी दीपक कार्कीको घरमा स्नेहा सुनचाँदी पसलमा भएको आगो निभाउन गएका बेला घाईते ४३ वर्षीय पण्डितको उपचारका क्रममा मंगलबार मृत्यु भए�. . .


नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्रीफूल

झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गत वर्ष १० कठ्ठामा म. . .


चौँरी बिक्री नहुँदा सास्ती

दिलकुमार लिम्बू /रासस फुङ्लिङ (ताप्लेजुङ) । जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छ�. . .


इलामको कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

झापा । मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामा. . .


इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकको मृत्यु, ३६ घाइते

मङ्गलबारे (इलाम) । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आज साँझ मेची राजमार्गस्थ�. . .


जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि कोशीटप्पु आइपुगे

मोरङ- जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ। कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चर�. . .


साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

दमक(झापा) । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रह. . .


वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठ�. . .