पुर्व

किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन

पाँचथर । पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी. . .


भोजपुरमा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्. . .


विराटनगरबाट भारत लैजान लागेको आठ ट्रक सुपारी नियन्त्रणमा

विराटनगर । नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको आठ ट्रक सुपारी प्रहरीले विराटनगर–१४ बाट पक्राउ गरेको छ । सुपारी लोड गरेर भारततर्फ गईरहेका भारतीय नम्बर प्लेट भएका आठवटा ट्रकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइएको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचका क्रममा �. . .


प्रदेश १ मा एकवर्षमा प्रहरी कारवाही : आठ हजार ५५ मुद्दा दर्ता, ३९ करोड २१ लाख राजश्व संकलन

विराटनगर । प्रहरीले एकवर्षको अवधीमा ८ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । प्रदेश १ प्रहरी मातहतका कार्यालयहरुले ३९ करोड २१ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा प्रदेश प्रहरी तथा १४ जिल्ला कार्यालयमा अपराधिक घटना, फैसला कार्यन्वयन, भन्सार चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, . . .


पथरीशनिश्चरेमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे-९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ । बिहिबार बिहान करिब ९ बजे तेह्रथुम छथर गाउँपालिका-३ घर भई हाल पथरीशनिश्चरे-९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो �. . .


डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलमा भएको घटना अनुसन्धान गरेर सफलता पाए वापत कुँवरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । कच्च�. . .


उदयपुर जिल्ला अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिनुभयो । अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्प�. . .


लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थितबाट २ जना, मोरङको विराटनगर-१६ र पथरी शनिश्चरे नगरपालिका-४ बाट १/१ जना लागुऔषध सहित पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी-८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर था. . .


मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

झापा । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र �. . .


झापामा नयाँ मतदातासँगै बसाइँ सरेर आउने मतदाता पनि बढ्दै

झापा । पहाडी जिल्लाबाट बसाइँ सरेर आउने मतदाताको सङ्ख्या एक महिनाको अवधिमा मात्र एक हजार ३०० ले बढेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयमा मतदाता नामावलीमा ठाउँ सारी गर्न आउनेमा दैनिक जसो १०० देखि १५० जनासम्म अन्यत्रबाट बसाइँ सरेर आउने मतदाता छन् । प्रदेश र सङ्घको चुनावलाई लक्षित ग�. . .


विराटनगरबाट बालिका अपहरणमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो । मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोर. . .


झापामा आगलागीबाट २० लाख २५ हजारको क्षति

झापा । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक व�. . .