पुर्व

पथरी शनिश्चरेमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार  दिउँसो करिब ३ बजे प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकि स्थानिय आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिदा घाईते भएकि राईको बिराट नर्सिङ अस्पताल विरा. . .


झापामा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापा । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको �. . .


झापामा रबर उद्योगलाई अनुदान

झापा । प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ । धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनि. . .


पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी न. . .


दुहबीमा एक पुरुषको शव फेला

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुर स्थित टेंग्रा खोलाको छेवमा एक व्यक्तिको शव फेला परेको छ । टेङग्रा खोलाको छेवमा नाम ठेगाना नखुलेको अन्दाजी ४०/४५ वर्षको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाको छेवमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । मृतकको श�. . .


उदयपुरबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ३४ बर्षीय बिनेश राई रहेका छन् । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले �. . .


ईनरुवामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक ईनरुव�. . .


झापामा कोभिड–१९ सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्न आग्रह

झापा । जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरो. . .


भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्�. . .


विकासको बाधक बनेको विद्यार्थी राजनीति : जीर्ण बनेको महेन्द्र मोरङ

राकेश कर्ण विराटनगर । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आगिंक क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ पछिल्लो समय खण्डरको रुपमा परिणत हुँदै गएको छ । विकासको बाधक बनेको विद्यार्थी राजनीति र जीर्ण भौतिक संरचना लगायतले पछिल्लो समय क्याम्पसलाई कुरुप बनाउँदै लगेको हो । ६७ वर्षअघि बिक्रम सम्वत् २. . .


त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु

खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला सुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाका अवसरमा पैदल तथा यातायातका सवारीसाधनमार्फत गेरुबस्त्रधारी दर्श. . .


किराँत प्रदेश नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटनगर । प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन सुरु गरिएको छ । किराँत राई यायोक्खाले प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । क�. . .