पुर्व

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्क. . .


झापाको दमकमा करेन्ट लागेर एक जना मृत्यु

झापा । झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क . . .


बुढिगंगामा युवाहरुद्वारा वृक्षारोपण, एक सय बिरुवा रोपियो

सिर्जनशील युवा समाज नेपालले विश्व वातावरण दिवसको अवसर पारी आज वृक्षारोपण सम्पन्न गरेको छ । बुढिगंगा वडा नं. ३ स्थित स्वास्थ चौकीको चौरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा फरक प्रजातीका १ सय विरुवा रोपिएको हो । साथै सोही अवसर पारेर संस्थाले सरसफाई कार्यक्रम समेत आयोजना गरेको संस्थाका अध्यक्ष सागर �. . .


मोरङको कटहरीमा सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्यास

विराटनगर । सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको छ । कटहरी गाँउपालिका– ५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको हो । बिहिबार एक कार्यक्रमको विच कटहरि गाँउपालिकाका मेयर रामकुमार कामत, ज�. . .


तेह्रथुममा पनि दुई जनामा कोरोना संक्रमण देखियो

आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । उनीहरुसहित अन्य �. . .


धरानमा ग्यास चुहिएर आगलागी ,आमाछोरीको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो । छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको काठको दोमल्ले घर जलेर नष्ट भएको छ । मा�. . .


उदयपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ

उयदपुर, जेठ २१ । उदयपुरको कटारीमा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिकाका १७ वर्षीय युवकलाई पक्राउ गरिएको हो । १२ वर्षीया बालिकाको स्वास्थ्यमा समस्या आइ चेकजाँच गर्दा ८ हप्ताको गर्भ रहेको पाइएको कटारी अस्पतालका निमित्त मेडिकल. . .


रंगेलीमा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण

रबिन्द्र बराल रंगेली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको �. . .


खोटाङ जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय

खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४ औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पीसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौं पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल�. . .


दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृत पक्राउ

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी ब�. . .


इटहरीका एक युवाको हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका �. . .


मोरङको केराबारीमा एक जना मृत फेला , अनुसन्धान हुदै

मोरङको  केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।. . .