इलाम, २७ मंसिर । इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबारबाट शुरु भएको आँखा शिविरमा ६८ जना मोतिविन्दुका रोगीको आँखाको शल्याक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्�. . .
पाँचथर, २७ मङ्सिर । लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि संरक्षणमा सक्रिय पाँचथरका विभिन्न सङ्घसंस्थाले लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई स्थानीय तहको कामकाजी भाषा बनाउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति पाँचथरसँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा नेतृत्वको . . .
प्रकाश नेपाल इलाम, मंसिर २७ । मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो । चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् । सन् १८६२ मा कर्नेल गजराजसिंह था�. . .
सोलुखुम्बु, मङ्सिर २७ गते । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा ब. . .
बिराटनगर, २६ मंसिर। उदयपुरको कटारी नगरपालिका-८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क. . .
प्रेम देवान विराटनगर २६ मंसिर । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ । ७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सक�. . .
विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ । बरब. . .
भद्रपुर मङ्सिर २६। सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द�. . .
उदयपुर, २६ मङ्सिर । उदयपुरको कटारी नगरपालिका–१४, घुर्मीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा३ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो। मृतक करिब ४५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। मृतक व्यक्तिले मागेर जिविका चलाउँदै आएको स्थानीयले ज�. . .
विराटनगर, २६ मङ्सिर। धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय भीमकुमार राईको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनी आफैंले बोकेको बन्दुक सोमबार साँझ चुहाडे खोला नजिकै पड्किएको थियो। राई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर . . .
इटहरी मङ्सिर २५ , इटहरीमा यौन धन्दा बढेको आशंकामा प्रहरीले इटहरीमा कडाई गरेको छ । एक होटलबाट भारतीयसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको हो । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्र. . .
बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेट�. . .